इन्जिनियरिङका स्थगित परीक्षा फागुन ४ देखि

इन्जिनियरिङका स्थगित परीक्षा फागुन ४ देखि
एडुपाना बुधबार, माघ १९, २०७८

त्रिभुवन विश्वविद्यालय इन्जिनियरिङ् अध्ययन संस्थान परीक्षा नियन्त्रण महाशाखाले स्थगित गरीएका परीक्षा पुन: सञ्चालन गर्ने भएको छ । कोभिड-१९ को कारणले स्थगित भएका तेस्रो वर्ष दोस्रो खण्ड र आर्किटेक्चर चौथो वर्ष दोस्रो खण्डको पुन: परीक्षाहरु फागुन ४ गतेदेखि संचालन गर्ने भएको हो ।

पौष/माघ महिनामा संचालन भएका स्नातक तह प्रथम, दोस्रो र तेस्रो वर्ष दोस्रो खण्ड र आर्किटेक्चर चौथो वर्ष दोस्रो खण्ड मध्ये तेस्रो वर्ष दोस्रो खण्ड र आर्किटेक्चर चौथो वर्ष दोस्रो खण्डको पुन : परीक्षाहरु फागुन ४ गतेदेखि पुरानै परीक्षा केन्द्रहरुमा संचालन गर्ने जनाएको छ ।

साथै नियमित तर्फको तेस्रो वर्ष प्रथम खण्डको सर्वे क्याम्पको भाईबा परीक्षा बाँकी भएका क्याम्पस कलेजहरुका विद्यार्थीहरुले सम्बन्धित क्याम्पर कलेजमा यथाशिघ्र सम्पर्क गर्न समेत सूचित गरेको छ ।