राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालयले एसईईको मौका परीक्षाको नतिजा सार्वजनिक गर्ने अन्तिम तयारीमा रहेको जनाएको छ । परीक्षामा करिब दुई लाख १० लाख हजार विद्यार्थी सहभागी भएका थिए । गत वर्षको चैत्रमा भएको एसईई परीक्षामा नियमित परीक्षार्थीको रूपमा सम्मिलित भई उत्तिर्ण गर्न नसकेका र अनुपस्थित भएका विद्यार्थीले मौका परीक्षा दिएका हुन् ।
‘नतिजा सार्वजनिक गर्न हामी अन्तिम तयारीमा छौ,’परीक्षा नियन्त्रक नन्दलाल पौडेलले भने ।