२ लाख १० लाख हजार विद्यार्थीले दिएको माध्यमिक शिक्षा परीक्षा (एसईई) को मौका परीक्षामा १ लाख १९ हजार चार सय २५ जना (५६.७८) प्रतिशत पास भएका छन। परीक्षाफल २०८१ असोज ७ गते सोमबार राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले प्रकाशन गरेको हो।
२०८० मा सञ्चालित एसईई कक्षा १० को पूरक परीक्षाको परीक्षाफल प्रकाशित गरेको हो। यो परीक्षा २०८१ साउन २३ देखि ३१ सम्म सञ्चालन भएको थियो। यो परीक्षाको नतिजामा कुनै विषयमा एनजी भएमा तीन वर्षसम्म लगातार एनजी आएका विषयमा मात्र ग्रेड वृद्धिका लागि आगामी वार्षिक परीक्षामा सम्मिलित हुन पाउने व्यवस्था छ।