कर्णालीका विद्यार्थीलाई पोखरेलीको किताब सहयोग

कर्णालीका विद्यार्थीलाई पोखरेलीको किताब सहयोग
एडुपाना बुधबार, असार ८, २०७९

पोखराका युवा विद्यार्थीहरुले कर्णालीका विद्यार्थीलाई पुस्तक सहयोग अभियान सुरु गरेका छन् । पुराना र नयाँ किताब किनेर उनीहरुले कर्णाली पठाउन लागेका हुन् । कक्षा १२ को परीक्षा सकेपछि उनीहरुले यस्तो अभियान सुरु गरेका हुन् ।

एजुकेट नेपाल नारा दिएर उनीहरुले अभियान सुरु गरेको सदस्य देव भुजेलले जानकारी दिए । देवसँगै स्मित लामिछाने, कृष्ण पौडेल, प्रदिप भट्टराई, सन्चिता थापा, विवश रिजाल, सुशान पौडेल, निदेश महत र गौरी भुजेलले किताब संकलन अभियान थालेका छन् ।

५ कक्षादेखि १० कक्षासम्मका विद्यार्थीलाई किताब र कापी संकलन गरेर पठाउन लागिएको हो । विशेषगरी कालिकोट जिल्लाका विभिन्न पालिकामा रहेका विद्यालयमा पढ्ने विद्यार्थीलाई सहयोग गर्न लागिएको भुजेलले बताए । हालसम्म संकलित पुस्तक लिएर केही विद्यार्थी कालिकोटतर्फ गएका छन् ।