काठमाडौं /२८ असार- राजधानीको व्यस्त दैनिकीबाट उम्केर केही पर निस्कदा त्यसले दिने आनन्द फरक हुन्छ । अस्त व्यस्त शहर, धुलोधुवाँ अनि कामको व्यस्तता । यी सबै कुरा छोडेर खबर एजुकेशनको टिम यो व्यस्त शहरदेखि करीब ५० किलोमिटरको दुरीमा रहेको काभ्रेपलाञ्चोक जिल्लाको नमोवुद्ध नगरपालिका, वडा नं. ७ स्थित दाप्चेमा रहेको श्री जनहित माध्यमिक विद्यालयमा जाने निर्णय गरेर बिहानै ८ बजे निस्कियांै । हाम्रो उदेश्य बिहान १० बजे विद्यालय पुग्ने र विद्यार्थीसँगै बिहानको प्राथना गर्ने रहेको थियो तर, कच्चि बाटो, हिलो र टिप्परका कारण हामी समयमा पुग्न सकेनौं । र विद्यार्थीसँग प्राथना गर्ने रहर पुरा हुन सकेन ।
विद्यालयको बारेमा हामीले धेरै पटक सुनेको थियौं । जहाँ काठमाडौं विश्वविद्यालयको सहयोगमा स्टिम शिक्षण पद्धति अनुसारको पठनपाठन, विद्यालय व्यावस्थापनमा परीवर्तन, शिक्षकको पढाउने शैलीको फरकपन अनि विद्यालयमा खुशी भएर पढ्ने विद्यार्थीका बारेमा हामीले धेरै पटक सुनेका थियौं । यती सुनेपछि हाम्रो मनमा एउटा प्रश्न उब्जियो सार्वजनिक विद्यालयमा यो सबै कसरी सम्भव छ ? कसको सहयोगमा भयो ? अरु विद्यालयभन्दा कसरी फरक छ ? धेरै प्रश्न जन्मिए । किन भने पछिल्लो समय सबै भन्दा बढी आलोचना हुन्छ भने त्यो सार्वजनिक विद्यालयको हुने गर्छ । गुणस्तरीय शिक्षा, जीवन उपयोगी शिक्षा, व्यवहारिक शिक्षा जे जे भनेपनि शिक्षामा विकल्प रहित परीवर्तनको खाँचो देखिएको अवस्था छ ।
राज्यलाई आवश्यक पर्ने युवा जनशक्ति विदेश पलाएन भइरहेको बेला विद्यालय तह देखिनै शिक्षामा परीवर्तन गर्नुपर्ने अवस्था आएको छ । एकातिर राज्यका कर्णधार पढ्दै गरेको विद्यालयहरुको अवस्थामा उलेख्य सुधार नहुनु अनि तिनै विद्यार्थीलाई उच्च शिक्षा दिने विश्वविद्यालयले युवाहरुको चाहाना अनुसारको पठ्यक्रम निर्माण र पठनपनठन नहुनुले गर्दा आज भन्दा भोलि समस्याजटिल बन्दै गएको छ ।
त्यसैले पनि विद्यालय शिक्षा कस्तो हुनुपर्छ र युवाहरुलाई कस्तो उच्च शिक्षाको खाँचो छ, भन्ने कुरामा राम्रोसँग बुझेको काठमाडौं विश्वविद्यालयले पाइलट प्रोजेक्टका रुपमा श्री जनहित माध्यामिक विद्यालयलाई स्टिम शिक्षण पद्धति अनुसार परीवर्तन गर्न सकिन्छ र सार्वजनिक विद्यालयमा परीवर्तन सम्भव छ भन्ने कुराको गतिलो प्रमाण पनि हो ।
हामी विद्यालयको गेटमा पुग्दा ११ः ३० बजिसकेको थियो । गेट बन्द थियो विद्यार्थीहरु कक्षा कोठामा पढ्न व्यस्थ थिए, शिक्षकहरु आ आफ्नो तालिका अनुसार कक्षामा विद्यार्थीलाई पढाइरहेका थिए । हामीले विद्यालयको गेट खोल्न आग्रह ग¥यौं र भित्र पस्यौं । पहिले नै आउने खबर गरिएका कारण प्रधानाध्यापक टिना सिल्पकार हामीलाई पर्खेर बस्नु भएको थियो ।
जब विद्यालयको प्राङ्गणमा पस्यौं हामीले सोचेको भन्दा फरक विद्यालय पायौं । अग्लो डाँडाको विचमा विद्यालय, चारै तिरबाट विद्यालय भवनले घेरिएको विचमा खेल मैदान, सिरसिर हावा, वारीपारी तरेली परेका अग्ला पाहाड अनि हरीयाली, त्यही हरीयाली भित्र देशका कर्णधार खुशीले रमाउँदै पढ्दै सिक्दै गरेका ।
त्यसैले पनि विद्यालय शिक्षा कस्तो हुनुपर्छ र युवाहरुलाई कस्तो उच्च शिक्षाको खाँचो छ, भन्ने कुरामा राम्रोसँग बुझेको काठमाडौं विश्वविद्यालयले पाइलट प्रोजेक्टका रुपमा श्री जनहित माध्यामिक विद्यालयलाई स्टिम शिक्षण पद्धति अनुसार परीवर्तन गर्न सकिन्छ र सार्वजनिक विद्यालयमा परीवर्तन सम्भव छ भन्ने कुराको गतिलो प्रमाण पनि हो ।
हामी विद्यालयको गेटमा पुग्दा ११ः ३० बजिसकेको थियो । गेट बन्द थियो विद्यार्थीहरु कक्षा कोठामा पढ्न व्यस्थ थिए, शिक्षकहरु आ आफ्नो तालिका अनुसार कक्षामा विद्यार्थीलाई पढाइरहेका थिए । हामीले विद्यालयको गेट खोल्न आग्रह ग¥यौं र भित्र पस्यौं । पहिले नै आउने खबर गरिएका कारण प्रधानाध्यापक टिना सिल्पकार हामीलाई पर्खेर बस्नु भएको थियो ।
जब विद्यालयको प्राङ्गणमा पस्यौं हामीले सोचेको भन्दा फरक विद्यालय पायौं । अग्लो डाँडाको विचमा विद्यालय, चारै तिरबाट विद्यालय भवनले घेरिएको विचमा खेल मैदान, सिरसिर हावा, वारीपारी तरेली परेका अग्ला पाहाड अनि हरीयाली, त्यही हरीयाली भित्र देशका कर्णधार खुशीले रमाउँदै पढ्दै सिक्दै गरेका ।
थोरै संख्यामा रहेका विद्यार्थीलाई विद्यालय प्रति आर्कषण गरी विद्यार्थीसंख्या बढाउनुपर्ने, आफ्ना छोराछोरीको पढाई बुझन, नतिजा लिन कहिलै विद्यालय नआउने अभिभावकलाई विद्यालयमा आउने बनाउनु पर्ने, विद्यालयको भौतिक संरचना निर्माण गर्नुपर्ने, शिक्षकहरुलाई शिक्षण सिकाइमा परीवर्तन गर्नुपर्ने लगायतका थुप्रै समस्याका चङको विचमा आफु विद्यालयमा प्रधानाध्यापक भएर आएको बताउनु भयो ।
यति भनिसकेपछि उहाँ जुरुक्क उठ्नु भयो र सबै कक्षा कोठा देखाउछु भन्दै हामीलाई लिएर अगाडि लाग्नु भयो । हामी पछि पछि कक्षा कोठातिर गयौं । हामी कक्षा कोठामा पुग्दा विद्यार्थीहरु आफ्नो तालिका अनुसार पढाईमा व्यस्त थिए । कुनै कक्षाका विद्यार्थीहरु आफुलाई मन पर्ने सामान बनाउँदै थिए, कसैले कागजको स्काभेटर बनाउँदै थिए, कसैले तराजु, कसैले आफुले बनाएको कार गुडाएर देखाए त कसैले प्रोजेक्टरमा रमाउँदै पढ्दै थिए । त्यसपछि फेरि हाम्रो मनमा चिसो पस्यो आखिर सबै कुराको सम्भव रहेछ आजसम्म किन सार्वजनिक विद्यालयलाई वेवास्था गरीयो होला ?
प्रत्येक कक्षा कोठा विभिन्न सामाग्रीहरुले सिंगारीएको थियो, विद्यार्थीलाई चाहिने कुर्चि, साना टेवल, विभिन्न विषयका तालिका, विभिन्न जनावर, चराहरुको चित्र अनि भुइमा चिसो नअनउनेगरी फम र त्यसमाथि बिछ्याइएको कार्पेट, त्यसैमा बसेर विद्यार्थीहरुले आफ्नो जीवनको मार्ग कोरीरहेका थिए । जब हामी एउटा कक्षा कोठाबाट अर्को कक्षा कोठामा जान्थ्यांै विद्यार्थीहरु हसिलो अनुहारका साथ जुरुक्क उठेर कक्षागत गीत गाएर सुनाउथे । हामी एकैछिन रोकिन्थ्यौँ अनि सोच्थ्यौँ तिमीहरु जस्तै यो देशका सबै बालबालिकाले यसैगरी पढ्न पाउने हो भने यो देश मुहार फेरीन कत्ति पनि समय लाग्दैनथ्यो होला अनि आफ्नो देश छोडेर विदेशी भूमिमा गएर पसिना बेच्नु पर्ने थिएन होला ।
विद्यार्थीहरु आफुभित्र भएको कला, प्रतिभा, सिप हामीलाई देखाइरहेका थिए । संस्कार र सिप सहितको शिक्षाले उनीहरुमा ल्याएको परीवर्तनका बारेमा, अभिभावकले उनीहरु प्रति देखेको सपना र संघर्षका कुराहरु हामीलाई निर्धक्क सुनाइरहेका थिए । उनीहरुको कुरा सुन्दै गर्दा केही विद्यार्थीहरु घरी घरी हाम्रो क्यामराको छेउमा आएर फोटो खिच्न आग्रह गर्थे र आफना साथिहरुसँग लामबद्ध भएर सतर्क हुन्थे ।
विद्यालयका सबै कक्षा कोठा अवलोकन गरिसकेपछि विद्यालय देखि केही तल १० रोपनिमा रहेको कृषि फर्म हेर्न हिड्यौ । भिरालो बाटो सिमसिम पानी, तर पनि हामीलाई रोकिएर ओत लाग्न मन लागेन । विद्यार्थीले गरेको मेहनत र सैद्धान्तिक पढाइसँगै उनीहरुले गरेको मेहनत हेर्ने तिब्र इच्छा लाग्यो । जब हामी कृषि फर्ममा पुग्यौ लाग्थ्यो विद्यार्थीहरुले धेरै कुरा सिकीसकेछन् । तरकारी रोप्नका लागि बनाइएका टनेल, टमाटरको टनेल, करेला लगायत थुप्रै थरीका तरकारी फल्नका लागि फुलखेल्दै थिए । क्युविका विरुवाहरु हुर्कदै थिए । माछापालन र बंगुर पाल्नका लागि तयार गरीएका संरचनाहरु माछार बंगुरको पर्खाइमा थिए । विद्यार्थीहरुको पिसाबलाई संकलन गरेर त्यसमा पानी मिसाई सबै विरुवाका लागि सिंचाइको व्यावस्था गरीएको ।
यी सबै हेर्दा शिक्षामा रुपान्तरण गर्न साहस र मेहनत अनि राम्रो नेतृत्वको खाँचो रहेको महसुस भयो । विद्यालयका यति सबै कुरहरु हेर्दा र बुझदा करीब घडीले ३ बजाई सकेको थियो । हामीले बिहानको खाना खान नभ्याएका कारण तिनबजे विद्यालयमै खाजा खाएर भकुन्डेबेसिको बाटो हुदै हमी काठमाडौं फर्कियौं । बाटो भरि हामी उक्त विद्यालयकै बारेमा कुरागर्दै आयौ । एउटा विद्यालय राम्रो हुनका लागि भवन र विद्यार्थी संख्या धेरै मात्र भएर हुदैन त्यसमा प्रधानाध्यापकको कुशल नेतृत्व र शिक्षकरुको उत्तिकै भूमिका रहन्छ । त्यसमा पनि काठमाडौं विश्वविद्यालयको जस्तै शैक्षिक सुधार अभियान र दक्ष शिक्षक उत्पादनमा अरु विश्वविद्यालयहरुले पनि अभियान थाल्ने हो भने विद्यालय शिक्षामा रुपान्तरण हुन धेरै समय लाग्ने छैन ।
काठमाडौं विश्वविद्यालयसँग जोडिएको जनहीत माविको साइनो :
सार्वजनिक विद्यालयमा स्टिम शिक्षण पद्धतिको प्रयोग र शिक्षामा रुपान्तरण गर्न उति सजिलो भने छैन । एकातिर राजनैतिक हस्तक्षेप, विद्यालयको भौतिक संरचनाको अभाव, विद्यार्थी, शिक्षक र अभिभावकमा ल्याउनुपर्ने परीवर्तन लगायतका थुप्रै कारणले पनि विद्यालय शिक्षामा रुपान्तरण गर्न निकै कठिन हुने धेरैको बुझाई छ । तर, काठमाडौं विश्वविद्यालय, स्कुल अफ एजुकेशनले रुपान्तरण परियोजना अन्तर्गत २०१७ देखि काभ्रे जिल्लाको नमोवुद्ध नगरपालिका वडा नं. ७ स्थित श्री जनहित माध्यामिक विद्यालयलाई स्टिम शिक्षण पद्धति मार्फत नमुना विद्यालय बनाउने अभियानमा लागेको छ ।
डाडामा वस्ती भएका कारणले पानीको अभाव हुने उक्त स्थानमा काठमाडौं विश्वविद्यालय स्कुल अफ मेडीकल अन्तर्गत रहेको धुलिखेल अस्पतालले लिफ्टिङ्ग गरी विद्यालय लगायत त्यस क्षेत्रका बासिन्दालाई पानीको प्रबन्ध गरेको छ । यो समस्या देखिरहेको विश्वविद्यालयले सुगम क्षेत्रमा भन्दा अलिकति अभाव भएको क्षेत्रलाई छनोट गर्ने निर्णय ग¥यो र जनहीत माविलाई छनोट ग¥यो ।
त्यस क्षेत्रमा विश्वविद्यालय स्कुल अफ मेडिकलले विभिन्न परीयोजना सञ्चालन गरीरहेकाले पनि विद्यालयलाई छनोट गर्दा काम गर्न सहज हुने भएकोले त्याहीको विद्यालयलाई छनोट गरीएको रहेछ । अर्को कारण वरपरका पाँचवटा विद्यालय मध्ये मावि तहको विद्यालय जनहित भएकोले पनि विश्वविद्यालयको उदेश्य अनुरुप काम गर्न सकिने भएकोले उक्त विद्यालय छनोटमा परेको रहेछ ।
कोभिड महामारीको समयमा सारा संसार घर भित्र थुनिरहेको अवस्थामा पनि काठमाडौं विश्वविद्यालय आफ्नो अभियानमा तल्लिन थियो । विश्वविद्यालयलाई काम गर्न र शिक्षामा रुपान्तरण गर्न उपुक्त समय पनि मिल्यो जस्ले गर्दा काम गर्न सहज भयो । विश्वविद्यालयमा अध्ययनरत तिन जना पिएचडी सोधार्थी, दुई जना एमफिल, सात जना मास्टर्स र एक जना पोष्ट डक गर्दै गरेका व्याक्तिहरुले महामारीको समयमा अवश्यकता अनुसार विद्यालय बसेर शिक्षक पद्धतिका बारेमा अनुसन्धान गर्नुका साथै विद्यालयको समस्या पत्ता लगाई त्यसै अनुरुप काम गरीरहे र शिक्षकहरुलाई सिकाए । लकडाउनको समयमा केही विद्यार्थीहरु ६ महीना देखी ८ महिनासम्म त्यहीँ बसेर काम गरका रहेछन ।
अहिले विद्यालय स्टिम शिक्षण पद्धति अनुसार आफ्नो लयमा अगाडि बढेको मात्रै छैन जनहितका शिक्षकहरुले सिकेको शिक्षण पद्धति अरु विद्यालयमा पनि गएर सिकाउने गरेको हामीले पायौँ ।