त्रिभुवन विश्वविद्यालयको विभिन्न संकायमा क्याम्पस प्रमुख, सहपरिक्षक्, डिन बन्न २ सय ८८ जना प्राध्यापकले आवेदन दिएका छन् । । ८ संकायका डिन्, १७ क्याम्पस प्रमुख र ७ सहपरिक्षककालागी सोमबार त्रि. वि द्वारा सिफारिस समितिले आवेदन माग गरेको थियो ।
छुट्टाछुट्टै समितिका अनुसार आवेदनमाथि छानबिनको प्रक्रिया जारी छ । आवेदकहरूमध्येबाट नियुक्तिका आधार र मापदण्डसम्बन्धी विनियम २०८१ का आधारमा प्रतिस्पर्धा गराएर नियुक्ति दिइने उपकुलपति ‘केशरजंग बराल’ले बताए । “छनोट समितिले नियुक्तिकालागि सिफारिस गरेपछि कार्यकारी परिषद्ले डिन, क्याम्पस प्रमुखलगायतका पदमा नियुक्ति दिन्छ,”बरालले भने ।