गुणस्तर सुनिश्चितता तथा प्रत्यायन प्राप्त त्रिभुवन विश्वविद्यालयको सम्बन्धन प्राप्त क्याम्पस/कलेजहरुलाई नयाँ कार्यक्रम थप गर्नका लागि त्रिभुवन विश्वविद्यालय योजना निर्देशनालयले त्रिविबाट आवेदन माग गरेको छ ।
नयाँ कार्यक्रम थप गर्ने सम्बन्धमा त्रिभुवन विश्वविद्यालयको सम्बन्धन प्राप्त क्याम्पस/कलेजहरुलाई क्युएए प्राप्त गरि समयसिमामा रहेका वा पुनः प्रत्यायन प्रकृयामा गई दोश्रो/तेश्रो चौथो चरणमा स्वअध्ययन प्रतिवेद नस्वीकृत भइसकेकाहरुले अवेदन दिन सक्ने विश्वविद्यालयले जनाएको छ ।
२०८१ साल असार २५ गते त्रिवि कार्यकारी परिषद्को असार २९ गतेको निर्णयअनुसार ३५ दिन भित्र सम्बन्धित डीन कार्यालयहरुमा आवेदन गर्न प्रकाशित भएको सूचना मितिले जनाएको छ ।