विद्यालय शिक्षाको राष्ट्रिय पाठ्यक्रम प्रारूप, २०७६ ले एक वर्षे अवधिको प्रारम्भिक बालविकास र शिक्षा कायम गरेपनि त्यसको लक्ष्य र उदेश्य प्रस्ट नभएको र पाठ्यक्रम प्रारूप अनुसार नभएको हुँदा त्यसलाई राष्ट्रिय पाठ्यक्रम प्रारूप अनुसार बनाउन पाठ्यक्रम विकास केन्द्रले प्रारम्भिक बालविकास र शिक्षाको पाठ्यक्रम परिमार्जन गर्ने तयारी गरेको छ । केन्द्रले प्रारम्भिक बालविकास र शिक्षाको पाठ्यक्रम १३ वटा विषयहरू परिमार्जन गर्ने तयारी गरेको छ ।