बिएस्सी फरेष्ट्री विषयको छात्रवृत्तिका लागि दरखास्त माग

बिएस्सी फरेष्ट्री विषयको छात्रवृत्तिका लागि दरखास्त माग
एडुपाना शनिबार, फाल्गुन २८, २०७८

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय छात्रवृत्ति शाखा केशरमहल शाखाले विएस्सी फरेष्ट्री विषयमा निशुल्क पढ्न चाहाने विद्यार्थीलाई दरखास्त आह्वान गरेको छ । कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुर अन्तर्गत सिद्धान्त क्याम्पस गैँडाकोटमा शैक्षिक सत्र २०७८/७९ का लागि छात्रवृत्तिमा दरखास्त आह्वान गरेको हो ।

विएस्सी फरेष्ट्री विषयमा अध्ययनका लागि ५ सिट छात्रवृत्ति कोटा उपलब्ध भएकाले योग्यता पुगेका इच्छुक व्यात्तिहरुले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय छात्रवृत्ति शाखा केशरमहल काठमाडौंमा दरखास्त दिन आग्रह गरीएको छ ।

छात्रवृत्ति कोटामा योग्यताक्रम कायम गर्नुपर्ने भएकाले इच्छुक व्यात्तिहरुले फागुन २९ गतेदेखि चैत ८ गतेभित्र दरखास्त दिनुपर्ने छ ।