विदेश अध्ययन विशेष १५ औँ ‘इक्यान बहुगन्तव्य शैक्षिक मेला २०२४’ आयोजना हुने

विदेश अध्ययन विशेष १५ औँ ‘इक्यान बहुगन्तव्य शैक्षिक मेला २०२४’ आयोजना हुने
एडुपाना शुक्रबार, असोज ४, २०८१

नेपाल शैक्षिक परामर्श संघ (इक्यान)ले १५ औँ 'इक्यान बहु गन्तव्य शैक्षिक मेला २०२४'  असाेज १३ गते आइतबार काठमाडौंको द एभरेष्ट होटल बानेश्वरमा आयोजना गर्न लागेको छ।

इक्यान शैक्षिक मेलामा सहभागी हुने विद्यार्थीलाई विदेश अध्ययनका बारेमा सम्पूर्ण जानकारी प्रदान गरिने आयोजकले  जनाएको  छ।  विद्यार्थीले सम्बन्धित विश्वविद्यालयका प्रतिनिधिबाट सम्बन्धित मुलुकको   भिसा  पोलिसी, विदेश जानु अघि गर्नुपर्ने तयारी, विश्वविद्यालय र क्याम्पसको भौतिक  शैक्षिक पूर्वाधार, अध्ययन पश्चातका  अवसरहरूका बारेमा जानकारी लिन सक्नेछन्।

अन्तर्राष्ट्रिय शिक्षाको सपना देख्ने विद्यार्थीको लागि यो मेला फलदायी हुने आयोजकले जनाएको छ।