विद्यालय तहमा यस वर्षदेखि पाठ्यक्रम विकास केन्द्रले चार वटा नयाँ विषय थप गरेको छ ।
विद्यालय शिक्षाको राष्ट्रिय पाठ्यक्रम प्रारूप, २०७६ मर्म अनुरूप चार वटा नयाँ विषयको पाठ्यक्रम निर्माण गरेर यस वर्षदेखि लागु गर्ने केन्द्रले जनाएको छ। केन्द्र अनुसार कक्षा ११ र १२ मा कलाको इतिहास, , मूर्तिकला, प्रायोगिक कला र चित्रकलाको पाठ्यक्रम यो शैक्षिक सत्रदेखि नै लागु गर्न सकिने छ । 