निजामती सेवा ऐन, २०४९ को दफा १८ बमोजिम सरुवा तथा काज खटाउन र ऐ. ऐनको दफा १५ बमोजिम पदस्थापन तथा निजामती सेवा नियमावली, २०५० को नियम ३६ को अधीनमा रही नेपाल सरकार मन्त्रीस्तरको असोज १४ को निर्णयबाट स्वीकृत गरी शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले नेपाल शिक्षा/विविध/प्रशासन सेवाका रा.प.द्वितीय श्रेणी वा सो सरह र सो भन्दा मुनिका कर्मचारीहरूको सरुवा गरेको मन्त्रालयले जनाएको छ ।