परीक्षामा एआई प्रयोग गरे रद्द गर्ने त्रि.वि को निर्णय

परीक्षामा एआई प्रयोग गरे रद्द गर्ने त्रि.वि को निर्णय
एडुपाना बुधबार, असोज ९, २०८१

२०८१ साल असोज ०७ गते सोमबार बसेको बैठकमा त्रिभुवन विश्वविद्यालय परिक्षा सुधार समितिका अध्यक्ष एवं शिक्षाध्यक्ष प्रा. डा. खड्ग केसीले विद्यार्थीहरुले परीक्षामा एआई प्रयोग गरिएको भेटिएमा परीक्षा रद्द गर्ने निर्णय गरेको छ ।

एआई टुल प्रयोग गरी लेखिएका विषयवस्तुलाई पहिचान तथा निगरानीमा राख्ने प्रणाली बनाए पनि प्रभावकारी भने हुन सकेको छैन । एआईले विद्यार्थीको सिकाइलाई प्रत्यक्ष प्रभाव पारेको समेत विज्ञहरूले बताउँदै आएका छन्  ।