सरकार शिक्षाको गुणस्तर सुधार गर्न र शिक्षकका समस्या समाधान गर्न प्रतिवद्ध छ : मन्त्री भट्टराई

सरकार शिक्षाको गुणस्तर सुधार गर्न र शिक्षकका समस्या समाधान गर्न प्रतिवद्ध छ : मन्त्री भट्टराई
एडुपाना शुक्रबार, असोज ४, २०८१

२०८१ असोज २ गते भएको चौथो वार्षिकोत्सव तथा सधारण सभामा शिक्षा विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराईले सरकार शिक्षाको गुणस्तर सुधार गर्न र शिक्षकका समस्या समाधान गर्न प्रतिवद्ध रहेको बताएकी छन्। शिक्षा पत्रकार समाजको चौथो वार्षिकोत्सव समारोहमा बोल्दै मन्त्री भट्टराईले विद्यालय शिक्षा ऐन मार्फत शिक्षाको गुणस्तर सुधार गर्ने विषयमा संसदीय समितिमा छलफल गरेर ऐनलाई तत्काल जारी गर्नुपर्ने बताइन्।

‘शिक्षामा सुधार संभव छ। तर यसको जिम्मेवारी कसले लिने भन्ने स्पष्ट हुनुपर्छ। स्थनिय तह, प्रदेश र संघबीच शिक्षाका मुलभुत समस्या समाधान गर्न समन्वय आवश्यक छ। ऐनले शिक्षकको सम्मानलाई पनि परिभाषित गर्न सक्नुपर्छ।’, उनले भनिन्,‘शिक्षकका समस्याप्रति मन्त्रालय सजग छ। ऐनमार्फत ती विषय समाधान हुनुपर्छ। विद्यालय शिक्षा ऐन जारी गर्ने सवालमा मन्त्रालय प्रतिवद्ध छ।’