क्यानडा अध्ययनका लागि विद्यार्थीको पहिलो रोजाइमा ‘म्यापल’

क्यानडा अध्ययनका लागि विद्यार्थीको पहिलो रोजाइमा ‘म्यापल’
एडुपाना मंगलबार, वैशाख २७, २०७९

वैशाख-काठमाडौको पुतलीसडक, पद्यमोदय हाईस्कुलको नजिकै लक्ष्मी प्लाजाको तेस्रो तलामा रहेको ‘म्यापल इन्टरनेशनल एजुकेशन कन्सल्टेन्सी’ले क्यानडा अध्ययनमा जाने विद्यार्थीहरुलाई सही परामर्श दिएर एक विशेष पहिचान बनाउन सफल भएको छ । २००७ सालमा स्थापना भई क्यानडाका विश्वविद्यालयहरुमा छुट्टै पहिचान बनाउन सफल रहेको म्यापलले गुणस्तरीय परामर्श दिएकै कारण विद्यार्थीहरुको अग्रणी रोजाइमा परेको छ ।

पछिल्लो समयमा क्यानडा उच्च शिक्षा हासिलका लागि जाने विद्यार्थीको ठूलो सपना हुन्छ । हरेक वर्ष उच्च शिक्षाका लागि क्यानडाका विश्वविद्यालय र कलेजमा जाने नेपाली विद्यार्थीको संख्यामा वृद्धि भइरहेको छ । गुणस्तरीय शिक्षाका लागि नेपाली विद्यार्थी क्यानडा जाने गरेका छन् । क्यानडाका विश्वविद्यालय तथा शैक्षिक संस्थाहरु विश्वभरी नै उच्च स्थान हासिल गर्न सफल छन् । विद्यार्थीहरुले त्यहाँ विविध वातावरणको साथमा विश्वस्तरीय शिक्षा प्राप्त गर्न सक्छन् ।

क्यानडाका विश्वविद्यालय तथा शैक्षिक संस्थाहरु विश्वभरी नै उच्च स्थान हासिल गर्न सफल छन् । विद्यार्थीहरुले त्यहाँ विविध वातावरणको साथमा विश्वस्तरीय शिक्षा प्राप्त गर्न सक्छन् ।

क्यानडामा उच्च शिक्षा हासिल गर्नका लागि नेपालको प्लस टु वा ए लेभल उत्तिर्ण गरेको हुनुपर्छ । विद्यार्थीले अंग्रेजी भाषाको दक्षता मापन गर्न आईएलटीएसको परीक्षामा ओभरल ६.५ इज व्याण्ड, ६ ल्याएको हुनुपर्छ भने एकेडेमीक फस्ट डिभिजन हुनुपर्छ । विद्यार्थीले कुन कलेज वा विश्वविद्यालय पढ्ने हो भन्ने कुरा पहिले नै जानकारी गराउनुपर्छ । त्यो जानकारी प्राप्त भएपछि शिक्षा मन्त्रालयबाट विदेश पढ्न जान सिफारिसपत्र सँगै विद्यार्थीको क्यानडा शैक्षिक संस्थाको स्वीकृत पत्र पछि मात्र भिसा आवेदन भर्न पाईन्छ ।

विद्यार्थीको चाहाना अनुसार म्यापल इन्टरनेशनल कनसलटेन्सीले क्यानडामा रहेका विश्व कै उत्कृष्ट विश्वविद्यालयहरु सेन्टम्यारीज विश्वविद्यालय, थम्पसन रिभर्स विश्वविद्यालय, मेमरीयल विश्वविद्यालय, सेनेका कलेज, सेन्टेनियल कलेज लगायतका क्यानडाका उच्च स्तरमा रहेका सरकारी विश्वविद्यालय तथा कलेजसँगको सहकार्यमा नेपालमा रहेर विद्यार्थीहरुलाई परामर्श दिँदै आएको छ ।

विशेष गरी नेपाली विद्यार्थीहरु क्यानडामा स्नातक,मास्टर र पीएचडी गर्नका लागि जाने गर्छन । क्यानडामा सबै विषयका कलेज तथा विश्वविद्यालयहरु सञ्चालनमा छन् । जसले गर्दा विद्यार्थीहरु आफुले पढ्न चाहेको विषयका लागि क्यानडा जाने गर्छन । विशेष गरी नेपाली विद्यार्थीहरु कम्प्युटर साइन्स्, म्यानेजमेन्ट, प्रविधि, आइटी, नर्सिङ्ग लगायतका विषय अध्यनका लागि क्यानडा जाने गर्छन । यी विशवविद्यालय वा कलेजहरुमा मेरीट वेसका आधारमा विद्यार्थीहरुलाई छात्रवृत्ति पनि उपलब्ध गराइन्छ ।

क्यानडा जान चाहने विद्यार्थीहरुका लागि त्यहाँको वातावरण, रहनसहन, रोजगारको अवस्था, भविष्यमा आउन सक्ने चुनौतिहरुको सामान कसरी गर्ने, आफुले पढ्न लागेको विश्वविद्यालय तथा कलेजको भर्ना प्रक्रिया, पढ्ने कोर्स, त्यहाँ पढ्न लाग्ने अनुमानित लागत, त्यहाँ पाइने कामका प्रकार र ति कामका लागि विद्यार्थीले गर्नुपर्ने आधारभूत तयारी, वसाई वा कोठा भाडा र त्यसमा तिर्नुपर्ने रकम अर्थात बस्ने वैकल्पिक उपायहरु आदीका बारेमा म्यापलका अनुभवि परामर्श दाताहरुले जानकारी दिँदै आएका छन् ।

म्यापलले स्थापनाको समयदेखि नै क्यानडका लागिमात्र विद्यार्थीहरुलाई परामर्श दिँदै आएकोले पनि अहिले विद्यार्थीको पहिलो रोजाई बन्न पुगेको छ । यो सँगै विद्यार्थीको सामथ्र्य अनुसारको कलेज र विश्वविद्यालय छनोट बारे सहि जानकारी दिँदै आएको छ । 

म्यापलले स्थापनाको समयदेखि नै क्यानडका लागिमात्र विद्यार्थीहरुलाई परामर्श दिँदै आएकोले पनि अहिले विद्यार्थीको पहिलो रोजाई बन्न पुगेको छ । यो सँगै विद्यार्थीको सामथ्र्य अनुसारको कलेज र विश्वविद्यालय छनोट बारे सहि जानकारी दिँदै आएको छ । म्यापलबाट क्यानडा जाने विद्यार्थीहरुले आफ्नो अध्ययनलाई निरन्तरता दिन सकोस भन्नका लागि विद्यार्थीहरुलाई धेरै कुरमा सजग गराइनुका साथै स्किल डेभलपमेन्ट काउन्सेलीङ्ग समेत दिइन्छ ।

विद्यार्थीहरुको भविष्य प्रति धेरै सचेत रहेको म्यापमा अनुभवि र यो क्षेत्रमा लामो समयदेखि काम गरेका काउन्सलरहरुले विद्यार्थीहरुलाई जानकारी दिने गर्छन । साथै क्यानडाका धेरै विश्वविद्यालयहरुसँग सिधा सहकार्य भएकै कारणले विद्यार्थीलाई भर्ना प्रक्रियामा सहज हुने गरेको छ । यसैका कारणले पनि म्यापलबाट भर्ना प्रक्रिया गर्ने विद्यार्थीहरुको भिषा रेटपनि धेरै प्रतिशत देखिएको छ ।