अन्तर्वार्ता (भिडिओ)- किशोर गौतम, प्रिन्सिपल, हिमालय कलेज अफ ईन्जिनियरिङ

अन्तर्वार्ता (भिडिओ)- किशोर गौतम, प्रिन्सिपल, हिमालय कलेज अफ ईन्जिनियरिङ
एडुपाना बिहीबार, असार २, २०७९

वि. स. २०२७ साल कात्तिक महिनाको २५ गतेका दिन अर्घाखाँची जिल्लामा खेमराज गौतम र साबित्री गौतमका यशस्वी सन्ततीको रुपमा जन्मनुभएका किशोर गौतमको बाल्यकाल बर्दिया जिल्लाको गुलरीया नगरपालिकामा बितेको थियो । महाकवि देवकोटा माध्यमिक विद्यालयबाट एस.एल.सी. सकेर गणित विषयमा आफ्नो रुची हुनाले घर नजिकै उक्त विषय पढ्न कलेज नभएकाले प्रविणता प्रमाण पत्रमा गणित अध्ययन गर्नको लागि ईन्डिया जानुभयो । ईन्डियाबाट आई एस्सी गरे पछी अब म नेपालमै जानु पर्छ, नेपालमै केहि गर्नुपर्छ सोचेर वि. स. २०४६ सालमा उच्च शिक्षा आर्जन गर्नको लागि काठमाडौंमा पाइला टेक्नुभएका गौतमले २०५१ सालमा बिज्ञान सन्काय अन्तर्गत गणितमा त्रिभुवन विश्वविद्यालयबाट स्नाकोत्तर सक्नुभयो ।

एक शिक्षित परिवारमा हुर्कनु भएका, सानैदेखि आफ्ना पिताबाट प्रेरित भई शिक्षक बन्ने सपना देख्नुहुने  गौतमले  २०५३ साल देखि सस्कृत विश्वविद्यालयको वाल्मीकि विद्यापीठमा अध्यापन गराउन थाल्नुभएको थियो । आफुले जानेको कुरा अरुलाई सिकाउन पर्छ, समाजमा बाड्न पर्छ भन्ने कुरामा बिश्वास गर्नु हुने गौतमले विभिन्न विद्यालय, कलेज तथा विश्वविद्यालयमा गणित बिषयको अध्यापन गराउनु भयो ।

सानैदेखि नेतृत्व गर्न रुचाउने स्वभावले गर्दा पनि होला गौतम हाल प्याब्सनका केन्द्रिय उपाध्यक्ष हुनुहुन्छ भने करिब आधा दर्जन संस्थाहरुमा आबध्द हुनुहुन्छ  र  के. एम. सी. एजुकेसनल नेटवर्कका निर्देशक तथा हिमालय कलेज अफ ईन्जिनियरिङका प्रिन्सिपल हुनुहुन्छ ।

प्रस्तुत छ, किशोर गौतमसँगको भिडिओ अन्तर्वार्ता