मोडर्न इङलिस बोर्डिङ स्कुलका संस्थापक/ प्राचार्य मण्डललाई ‘टप फिफ्टी एडुकेटर अवार्ड’ प्रदान

मोडर्न इङलिस बोर्डिङ स्कुलका संस्थापक/ प्राचार्य मण्डललाई ‘टप फिफ्टी एडुकेटर अवार्ड’ प्रदान
एडुपाना आइतबार, फाल्गुन १३, २०८०

एन प्याब्सनका केन्द्रिय सदस्य तथा मोडर्न इङलिस बोर्डिङ स्कुल, जनकपुरधामका संस्थापक /प्राचार्य सि. एन. मण्डल 'टप फिफ्टी एडुकेटर अवार्ड' द्वारा सम्मानित भएका छन ।

बिगत २६ बर्षदेखि शिक्षा क्षेत्रमा आबद्ध चन्द्र नारायण मण्डलले शैक्षिक क्षेत्रमा पुर्याएको योगदानलाई कदर गर्दै उक्त अवार्ड प्रदान गरिएको हो ।

बिक्रम सम्बत २०३१ मा धनुषा जिल्लामा जन्मिएका चन्द्र नारायण मण्डलले २०५४ सालमा प्रि- प्राइमरी स्कुलको रुपमा मोडर्न इङलिस बोर्डिङ स्कुलको स्थापना गरेका थिए । हाल उक्त स्कुलमा एक हजार भन्दा बढी विद्यार्थीहरु अध्ययनरत छन ।

मेरो इन्टरभ्यू र यात्रा प्लसको प्रायोजन तथा योङ लिडर्स प्रोग्रामको सहयोगमा सक्सेस मिडिया र एडुपानाले नेपालको शैक्षिक क्षेत्रमा बिशेष योगदान दिएका व्यक्तित्वहरुको योगदानलाई कदर गर्दै "टप फिफ्टी एडुकेटर अवार्ड" प्रदान गरेको हो ।