शिवगढी ईंग्लिश स्कुलका प्रधानाध्यापक गैरेलाई  ‘टप फिफ्टी एडुकेटर अवार्ड’ प्रदान

शिवगढी ईंग्लिश स्कुलका प्रधानाध्यापक गैरेलाई  ‘टप फिफ्टी एडुकेटर अवार्ड’ प्रदान
एडुपाना सोमबार, फाल्गुन १४, २०८०

शिवगढी ईंग्लिश स्कुल कपिलवस्तुका प्रधानाध्यापक  तोयानाथ गैरे'टप फिफ्टी एडुकेटर अवार्ड' द्वारा सम्मानित भएका छन । बिगत २९  बर्षदेखि शिक्षा क्षेत्रमा आबद्ध तोयानाथ गैरेले शैक्षिक क्षेत्रमा पुर्याएको योगदानलाई कदर गर्दै उक्त अवार्ड प्रदान गरिएको हो ।

मेरो इन्टरभ्यू र यात्रा प्लसको प्रायोजन तथा योङ लिडर्स प्रोग्रामको सहयोगमा सक्सेस मिडिया र एडुपानाले नेपालको शैक्षिक क्षेत्रमा बिशेष योगदान दिएका व्यक्तित्वहरुको योगदानलाई कदर गर्दै "टप फिफ्टी एडुकेटर अवार्ड" प्रदान गरेको हो ।

शिवगढी इ. स्कूल, शिवराज ( १ शिवपुर, कपिलवस्तु वि.सं. २०५१ सालमा स्थापना भई २०५९ सालमा कम्पनी रजिष्टारको कार्यालय काठमाडौँ तथा जिल्ला शिक्षा कार्यालयबाट स्वीकृत पाई स्थापना कालदेखि अनवरत रुपमा हालसम्म सञ्चालन रहिरहेको संस्था शिवगढी इङ्गलिस स्कूल प्रा.लि. हो । गौतम बुद्धको जन्मथल कपिलवस्तु जिल्लाको पश्चिमी क्षेत्रमा रही शिवराज, कृष्णनगर, महाराजगञ्ज, विजयनगर विभिन्न क्षेत्रका विद्यार्थीहरुलाई समयानुकूल गुणस्तरीय शिक्षा प्रदान गर्ने कार्यमा लागि रहेको यस संस्थाले विभिन्न कालखण्डको राजनैतिक आरोह अवरोहका साथै कोभिड महामारीसँग जुध्दै आफ्नो सेवालाइ प्रविधि मैत्री बनाउँदै अगाडि बढिरहेको छ । यस जिल्लाको पश्चिमी क्षेत्रको यस विद्यालयले शिक्षण सिकाइ कृयाकलापका साथसाथै अतिरिक्त क्रियाकलाप, सहक्रियाकलाप, संस्कारसहितको मानव मूल्य तथा नैतिक शिक्षालाई आफ्नो मुख्य आधार बनाँउदै सैद्धान्तिक शिक्षाका साथसाथै प्रायोगिक एवम् खोजमूलक शिक्षणलाई प्राथामिकतामा राखेर अगाडि बढिरहेको यस संस्थाले विगत देखि हालसम्म अब्वल किसिमका माध्यमिक तहसम्मका विद्यार्थी उत्पादन गरिहेको छ ।