मेरिगोल्ड ईंग्लिश बोर्डिङ स्कुलका संस्थापक प्राचार्य श्रेष्ठलाई ‘टप फिफ्टी एडुकेटर अवार्ड’ प्रदान

मेरिगोल्ड ईंग्लिश बोर्डिङ स्कुलका संस्थापक प्राचार्य  श्रेष्ठलाई ‘टप फिफ्टी एडुकेटर अवार्ड’ प्रदान
एडुपाना सोमबार, फाल्गुन १४, २०८०

मेरिगोल्ड ईंग्लिश बोर्डिङ स्कुल, भक्तपुरका संस्थापक प्राचार्य भुवनलाल श्रेष्ठ 'टप फिफ्टी एडुकेटर अवार्ड' द्वारा सम्मानित भएका छन । बिगत २६ बर्ष देखिदेखि शिक्षा क्षेत्रमा आबद्ध भुवनलाल श्रेष्ठ शैक्षिक क्षेत्रमा पुर्याएको योगदानलाई कदर गर्दै उक्त अवार्ड प्रदान गरिएको हो ।

भुबनलाल श्रेष्ठ हाल प्याब्सनका उप-महासचिब हुनुहुन्छ । शिक्षाविद्, समाजसेवी, बौद्धिक व्यक्तित्व तथा मेरिगोल्ड ईंग्लिश बोर्डिङ स्कुलका संस्थापक प्रिन्सिपल भुबनलाल श्रेष्ठ हाल आधा दर्जन भन्दा बढी संस्थाहरुमा आबद्ध हुनुहुन्छ । यस अघि पनि  श्रेष्ठ बिभिन्न अवार्ड द्वारा सम्मानित भएका छन ।

मेरो इन्टरभ्यू र यात्रा प्लसको प्रायोजन तथा योङ लिडर्स प्रोग्रामको सहयोगमा सक्सेस मिडिया र एडुपानाले नेपालको शैक्षिक क्षेत्रमा बिशेष योगदान दिएका व्यक्तित्वहरुको योगदानलाई कदर गर्दै "टप फिफ्टी एडुकेटर अवार्ड" प्रदान गरेको हो ।