शिक्षा प्रणालीले विद्यार्थीहरुलाई द्रुत रूपमा परिवर्तन हुने रोजगार बजारको लागि तयार गर्न सक्छ ?- रबिन बस्नेत

शिक्षा प्रणालीले विद्यार्थीहरुलाई द्रुत रूपमा परिवर्तन हुने रोजगार बजारको लागि तयार गर्न सक्छ ?- रबिन बस्नेत
एडुपाना मंगलबार, असोज ८, २०८१

विद्यार्थीहरुलाई द्रुत रूपमा परिवर्तन हुने रोजगार बजारको लागि तयार गरिने कार्य शिक्षा  प्रणालीको हो । यो कार्य शिक्षा प्रणालीले सक्छ वा सक्दैन भन्ने कुरा शिक्षा प्रणाली कस्तो छ मा भर पर्छ । हाम्रो शिक्षा प्रणालीले व्यवाहारिक र प्राविधिक दुबै शिक्षामा जोड दिनुपर्छ । नेपालामा कृषि जल-विद्युत, पर्यटनमा आधारित छन । तसर्थ यस विषयलाई ध्यान दिएर कृषि तथा उद्योगमा जोड दिनुपर्छ । शिक्षा   प्रणालीले अहिलेको विश्वबजार धान्न सक्ने हिसाबले व्यवहारिक र प्राविधिक शिक्षामा जोड दिने हो भने विद्यार्थीलाई स्वरोजगार बनाउन सकिन्छ । निस्श्चित तहको शिक्षा प्राप्त गरेपछी विद्यार्थी आफै पनि स्वरोजगार हुन सक्नुपर्छ । तर परम्परागत तरिकाले नै शिक्षा प्रणाली आगाडी बढ्ने हो भने चाहिँ विद्यार्थीहरुलाई रोजगार बजारको लागि तयार गर्न गार्हो हुन्छ ।

रबिन बस्नेत , प्रिन्सिपल , ज्ञानमन्दिर सेकेन्डरी इङ्लिस स्कुल