सैद्धान्तिक वा व्यावहारिक; कुन शिक्षाले विद्यार्थीहरूलाई अधिक ज्ञानी, दक्ष र प्रतिभाशाली बनाउँछ?- रत्नमान शंखदेव

सैद्धान्तिक वा व्यावहारिक; कुन शिक्षाले विद्यार्थीहरूलाई अधिक ज्ञानी, दक्ष र प्रतिभाशाली बनाउँछ?- रत्नमान शंखदेव
एडुपाना बिहीबार, असोज १०, २०८१

विद्यार्थीको उज्ज्वल र सफल भविष्यको लागि सैद्धान्तिक र व्य्वहारिक दुबै शिक्षा महत्त्वपुर्ण हुन्छ। व्य्वहारिक शिक्षाले चाँहि विद्यार्थीलाई अझ बढी सफल बनाउँछ। तर हाम्रो देश नेपालमा सैद्धान्तिक शिक्षामा बढी प्राथमिक्ता दिइन्छ । यसो हुँदा हाई लेभलको शिक्षा प्राप्त गर्दा सम्म पनि विद्यार्थीहरुको हातमा सिप नभएको कारण विद्यार्थीहरु दक्ष हुँदैनन् । जसकारण अरुको नोकरी चाकरी गर्न बाध्य हुन्छन् । तर व्यवहारिक शिक्षा भयो भने हाई लेभलको शिक्षा प्राप्त नगरेपनि हातको सिपका कारण स्वाभिमानी हुन्छन् र यस कारण देश विकास पनि सहज तरिकाले हुन्छ । अहिले धेरै विद्यार्थीहरु विदेश जाने गरेका छन् किनभने नेपालमा जागिरको राम्रो  अवसर छैन । जागिर पाइहाले पनि व्यवहारिक शिक्षा नभएकोले हातमा सिप हुँदैन । तसर्थ सैद्धान्तिक र व्यवहारिक दुबै शिक्षा बराबर दिन सक्यो भने विद्यार्थी लगायत देशको समेत विकास हुन्छ र विद्यार्थीहरुलाई विदेश जान पनि रोक्न सकिन्छ ।

रत्नमान शंखदेव, प्रिन्सिपल, होलि गार्डेन इङ्लिश स्कुल