मध्यपश्चिम विश्वविद्यालयमा स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनको सवाल उठान गरी नेपाल विद्यार्थी संघले असोज ८ गते एक विज्ञप्ति जारी गरी केन्द्रीय कार्यालयमा तालाबन्दी गरिएको प्रेस विज्ञप्ति मार्फत विश्वविद्यालयले जनाएको छ ।
तालाबन्दीले प्राध्यापक कर्मचारीहरूको तलब भत्ता निकासा लगायतका दैनिक आर्थिक प्रशासनिक काम कार्यवाहीहरू प्रभावित हुने भएकाले सम्मानित उच्च अदालतको अन्तिम फैसला प्राप्त भए पश्चात् विश्वविद्यालयमा क्रियाशील विद्यार्थी संघ संगठन र सरोकारवाला पक्षहरूको आपसी सहमतिमा अविलम्ब स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनको नयाँ मिति र कार्यक्रम तोकी समयमै निर्वाचन गर्न गराउन तयार रहेको विश्वविद्यालयले विज्ञप्तिमा उल्लेख गरेको छ ।