विद्यार्थीहरुको उज्ज्वल भविष्यको लागि सैद्धान्तिक र व्यवहारिक दुबै शिक्षा महत्तवपुर्ण हुन्छ । व्यवहारिक शिक्षाले विद्यार्थीहरुलाई पुर्ण रुपमा दक्ष बनाउछ, आगाडी बढ्न मद्दत गर्छ। कुनै पनि व्यवसाय, रोजगारमा आबद्ध गराउन सक्छ । त्यतिमात्र नभएर आफ्नै स्वरोजगारमा पनि सहयोग गर्छ। तर व्यवहारिक शिक्षा मात्र भयोभने मानिसले दैनिक रुपमा गर्ने आचरण्, स्वभाव, नैतिकता कम्जोर देखिन्छ र व्यवहारिक शिक्षा नभई सैद्धान्तिक मात्र भयो भने भविष्यमा सक्सेस बनाउदैन। दुबै शिक्षा उत्तिकै महत्त्वपुर्ण छ ।
व्यवहारिक सँगै सैद्धान्तिक शिक्षा पनि जरुरी हुन्छ। यसो भयो भने मात्र आचारण, व्यवहार, अनुसासन सिक्छन। पी .जी देखि कक्षा ८ आधारभूत शिक्षा जस्मा सैद्धान्तिक शिक्षा र कक्षा ९ देखि १२ माध्यामिक शिक्षा जस्मा व्यावहारिक शिक्षा दिनुपर्छ। यसो भए कक्षा ८ सम्म सैद्धान्तिक शिक्षा सिकेर कक्षा ९ मा प्रवेश गर्दा ९ देखि १२ सम्म एउटै पेशामा आबद्ध भएर स्वरोजगार भइ भविष्य राम्रो बनाउन सकिन्छ।हाम्रो आजको शिक्षा व्यावहारिकमा मात्र आधारित छ त्यसैले सैद्धान्तिक शिक्षामा पनि परिवर्तन गर्नुपर्छ । त्यसैले दुवै शिक्षाको व्यवस्था गरेर विद्यार्थीलाई ज्ञानी र प्रतिभाशाली बनाउन सकिन्छ।
कृष्ण गोपाल तिमल्सिना, नेपाली शिक्षक, प्रिन्सिपल, द कन्ट्रीसाइड इङ्लिस स्कुल