पढाइ सँगै रोजगार गर्नाले पढ्न समय नपुग्ने भएकोले पढाइलेखाइमा सुधार ल्याउन गार्हो पर्छ । त्यतिमात्र नभएर विद्यार्थीहरुमा आत्मविश्वासको विकास हुन पाउदैन र सन्दर्भ सामाग्रीहरु पढ्न समय दिन सक्दैनन् । कामको चापले पढ्ने, लेख्ने काममा बाधा पर्छ, सृजनात्मक अभ्यास र बौद्धिक विकास गर्न समय अपुग हुन्छ । शिक्षकका सल्लाह अनुसार चल्ने समय नहुनेहुनाले परीक्षाको नतिजा सोचेजस्तो नहुन सक्छ । तसर्थ, विद्यार्थीहरुले पढाइ सँगै रोजगार गर्नुभन्दा पहिला पढाइलाई प्रथमिक्ता दिन उत्तम हुन्छ ।
गोपाल मगर, सामाजिक विषय शिक्षक, बाल दीक्षा सदन हाई स्कुल