२०८१/०६/१३ गते आइतबारदेखि ३ दिन विद्यालय बन्द गर्न सरकारले स्थानीय तहलाई आदेश दिएको छ ।
२०८१/०६/१२ गते शनिबारको विज्ञप्तिमा शिक्षा मन्त्रालयका प्रवक्ता एवं सहसचिव लक्ष्मीप्रसाद भट्टराईले देशभर विश्वविद्यालय र विद्यालयका भवनमा क्षति पुगेको, विद्यार्थी र अभिभावक बाढी पहिरोको कारण समस्यामा परेको, यातायात अवरुद्ध भएको र दैनिक जीवनयापनमा कठिनाइ भएकाले विद्यालय बन्द गर्न अनुरोध गरिएको छ ।