घोकन्तेभन्दा संस्कारमुखी शिक्षा महत्त्वपूर्ण : मन्त्री थापा

घोकन्तेभन्दा संस्कारमुखी शिक्षा महत्त्वपूर्ण : मन्त्री थापा
एडुपाना सोमबार, असोज १४, २०८१

२०८१ असोज १० र ११ गते  शिक्षा विकास निर्देशनालय  गण्डकी प्रदेश, पोखराद्वारा आयोजित अभिमुखीकरण कार्यक्रममा सामाजिक विकास, युवा तथा खेलकुदमन्त्री विन्दुकुमार थापाले घोकन्तेभन्दा संस्कारमुखी शिक्षा महत्त्वपूर्ण रहेको कुरा बताए।

मन्त्रालयले  यस आर्थिक वर्षको बजेटमा व्यावसायिक र नैतिकवान शिक्षालाई जोड दिएको बताउँदै उनले ‘फ्राइडे फर फ्युचर’, सिक्दै कमाउदै, अभिभावक शिक्षालगायत कार्यक्रमलाई समेटिएको जानकारी दिए। उनले भने, 'मन्त्रालयले राखेको अभिभावकमुखी शिक्षा नयाँ कार्यक्रम हो। शिक्षा क्षेत्रमा सुधार ल्याउन अभिभावकमुखी शिक्षा आवश्यक भएको उनको भनाइ छ। शैक्षिक क्षेत्रलाई सुदृढीकरण गर्न यस्ता कार्यक्रमले मद्दत पुग्छ।'