अनुमतिबिना अतिरिक्त कक्षाका नाममा शुल्क लिने निजी विद्यालयप्रति अभिभावकले काठमाडौँ महानगरलाई गुनासो पोखेका छन ।
अभिभावकको जनगुनासो प्रति महानगरपालिकाको ध्यानाकर्षण भएको छ। महानगरले २०८१ साल असोज १३ गते आइतबार निजी विद्यालयलाई पत्र लेख्दै अतिरिक्त कक्षा अनिवार्य नगराउन र अतिरिक्त कक्षामा सहभागी हुन सहमति जनाएका विद्यार्थीलाई सहुलियत दरमा शुल्क लिने गरी मात्र अतिरिक्त कक्षा सञ्चालन गर्ने व्यवस्था गर्न अनुरोध गरेको छ।