शिक्षक सेवा आयोगले मावि तृतीय श्रेणी शिक्षक नियुक्तिका लागि सिफारिस गरेको छ।
आयोगले अंग्रेजीका लागि ७९, गणितका लागि ८५, विज्ञानका लागि १२४, नेपाली विषयका लागि ६७, सामाजिकका लागि ५३, अर्थशास्त्रका लागि ७, कार्यालय सञ्चालन तथा लेखा १५, संस्कृत व्याकरणका लागि ३, कम्प्युटर विज्ञानका लागि ३ गरी जम्मा ४३७ रिक्त पदका लागि विज्ञापन गरेको थियो।
शिक्षा तथा मानव स्रोत विकास केन्द्रबाट माग भएका रिक्त पदमा आयोगले लिएको विभिन्न चरणको परीक्षापछि नियुक्तिका लागि छनोट भएका उम्मेदवारलाई नियुक्तिका लागि सिफारिस गरेको हो।