उच्च शैक्षिक संस्थामा कार्यरत, शिक्षक र कर्मचारी तथा विद्यार्थीद्वारा अनुदानका लागि आवेदन माग

उच्च शैक्षिक संस्थामा  कार्यरत, शिक्षक र कर्मचारी तथा विद्यार्थीद्वारा अनुदानका लागि आवेदन माग
एडुपाना बुधबार, असोज १६, २०८१

विश्वविद्यालय अनुदान आयोगले उच्च शैक्षिक संस्थामा कार्यरत शिक्षक, कर्मचारी तथा अध्ययनरत विद्यार्थीहरूलाई अनुदानका लागि आवेदन माग गरेको छ ।

आयोगले उच्च शैक्षिक संस्थाहरूको प्रशासनिक तथा भौतिक सुविधा विकास, अनुसन्धान पूर्वाधार तथा संस्कृतिको विकास र संस्थामा कार्यरत शिक्षक, कर्मचारी तथा अध्ययनरत  विद्यार्थीहरूका लागि गुणस्तर सुधार कार्यक्रम, क्षमता अभिवृद्धि कार्यक्रम, र छात्रवृत्तिलगायत विभिन्न कार्यक्रमहरूका लागि आवेदन माग गरेको हो ।