शैक्षिक परामर्श संस्थाको शैक्षिक गतिविधि तथा आर्थिक हिसाब स्पष्ट हुनुपर्छ : शिक्षा मन्त्र

शैक्षिक परामर्श संस्थाको शैक्षिक गतिविधि तथा आर्थिक हिसाब स्पष्ट हुनुपर्छ : शिक्षा मन्त्र
एडुपाना बिहीबार, असोज १७, २०८१

शैक्षिक परामर्श सेवा प्रदायक संस्थाका प्रतिनिधिमूलक संस्थासँग २०८१ साल असोज १६ गते बुधबार आयोजित अन्तरक्रिया कार्यक्रममा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराईले शैक्षिक परामर्श संस्थाहरूको शैक्षिक गतिविधि तथा  आर्थिक हिसाब स्पष्ट हुनुपर्ने बताएकी छन् ।

मन्त्रालयले शैक्षिक परामर्शका विषयमा हुने शैक्षिक मेला आयोजनालाई थप व्यवस्थित बनाउँदै नेपालकै विश्वविद्यालयहरूबाट प्रदान गरिने शैक्षिक कार्यक्रमलाई सँगै जोड्दै लगिने गरी सार्वजनिक सूचना समेत जारी गरिसकेको छ ।