शिक्षकलाई मासिक तलब प्रदान गराउन स्थानीय तहलाई केन्द्रको आग्रह

शिक्षकलाई मासिक तलब प्रदान गराउन स्थानीय तहलाई केन्द्रको आग्रह
एडुपाना शुक्रबार, असोज १८, २०८१

 

शिक्षा तथा मानव स्रोत विकास केन्द्रले  चालु आर्थिक वर्षको स्वीकृत कार्यक्रम कार्यान्वयन कार्यविधिमा भएको व्यवस्था अनुसार शिक्षकलाई मासिक रुपमा तलब प्रदान गर्न स्थानीय तहलाई आग्रह गरेको छ।

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले राष्ट्रिय शिक्षा दिवसको अवसरमा आयोजित कार्यक्रममा स्थानीय तहका शिक्षकलाई मासिक तलब भत्ता उपलब्ध गराउन अनुरोध गरेकी थिइन्।