सक्सेस मिडिया र यात्रा प्लसको संयुक्त आयोजनामा राजधानीमा आइतवार आयोजित ‘एचिभर्स अवार्ड २०२४’ भब्य रुपमा सम्पन्न भएको छ ।
कार्यक्रमका प्रमुख अतिथी संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री अरुण कुमार चौधरी र यात्रा प्लस कि अध्यक्ष तथा मोडेल अनुजा आचार्यले देशका विभिन्न क्षेत्रमा योगदान दिएका व्यक्तित्वहरुलाई संयुक्त रुपमा एचिभर्स अवार्डले सम्मान गरेका थिए।
पर्यटन व्यवसायी अन्जन थापा, स्त्री क्यान्सर रोग बिशेषज्ञ डा. सृस्टी श्रेष्ठ प्रजापती, पत्रकार ऋषि धमला, शिक्षाबिद सन्दिप श्रेष्ठ, युवा ब्यबसायी सन्तोष ताम्राकार, नायक सौगात मल्ल, पूर्व मिस नेपाल इशानी श्रेष्ठ, गायिका सुनिता दुलाल, कलाकार जितु नेपाल, ब्यबसायी तथा समाजसेवी बाबुकाजी श्रेष्ठ, खेलाडी मन्देकाजी श्रेष्ठ, उल्लेन्स स्कुलका पृन्सिपल मेदिन लामिछाने, मोडेल तथा नायिका निती शाह अचिभर्स अवार्डले सम्मानित भएका हुन् ।
त्यसैगरी शिक्षा क्षेत्रबाट नारायणभक्त श्रेष्ठ, नबिन चौहान, हरीसिंह के सी, लक्ष्मण पोखरेल, महेश अधिकारी, कुमुद भट्ट, सुन्दर पान्डे, योगराज गौतम लगायतले अचिभर्स अवार्ड प्राप्त गरे ।
उक्त कार्यक्रममा पर्यटन ब्यबसायी आङ छिरिङ शेर्पालाई लाईफटाइम अचिभमेन्ट अवार्डले सम्मानित गरियो ।
त्यसैगरी अनिल केशरी शाह, अन्शराज बर्मा, बिशालपुरुष ढकाल, राजन कोईराला, प्रेम राइ परिक्षित, राजेन्द्र गिरि, राजेन्द्र नेउपाने, हिरालाल गौतम, ज्ञानेन्द्रलाल प्रधान, सुधिर अग्रवाल सम्मानित भएका हुन् ।
कार्यक्रमका प्रमुख अतिथी संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री माननीय अरुण कुमार चौधरीले विभिन्न विधामा उल्लेखनीय कार्य गरी समाजमा योगदान पुर्याउनु भएका र युवाहरुमा रोल मोडेलको रुपमा स्थापित हुनुभएका ब्यक्तित्वहरुलाई बधाई ज्ञापन गर्दै सफलताको शिखरमा पुग्न निरन्तर मेहेनत र उचित निर्णय क्षमता चाहिने कुरा व्यक्त गर्नुभयो। समाजमा राम्रो कार्य गर्ने व्यक्तिले सधैँ आफ्नो कार्यबाट धेरै व्यक्तिहरुलाई असल कार्य गर्न प्रेरित गर्छन। साथै जनताहरुको सुझाव र सल्लाह आत्मसाथ गर्दै संस्कृति र पर्यटन प्रबर्द्धन गर्नमा निरन्तर अघि बढिरहेको बताउनु भयो।