बिगत १५ वर्ष देखि शिक्षा क्षेत्रमा आबद्ध रहनुभएका किसोर थापा श्री बज्रायोगिनी सेकेन्डरी स्कुलका प्रिन्सिपल हुनुहुन्छ । प्रस्तुत छ, किसोर थापाज्यु सँग वहाँको विद्यालयको बारेमा गरिएको अन्तर्वार्ता ।
के कुरा ले हजुरलाई यो विद्यालय खोल्ने प्रेरणा दिएको थियो?
दुर्गम क्षेत्रमा शिक्षाको मध्यामबाट चेतना विकास गर्नुपर्छ भन्ने कुराले मलाई विद्यालय खोल्न प्रेरित गरेको हो ।
यस विद्यालय को सुरुवात कति सालमा र कसरी भयो?
२०४१ सालमा टहरा निर्माण गरेर स्कुल भवन प्रि प्राइमरी कक्षा संचालन गरेर यस विद्यालयको सुरुवात भएको हो ।
अहिले हाम्ले यस विद्यालयमा के कस्ता भौतिक सुविधा पाउन सक्छौ ?
कम्प्युटर ल्याब, खेल्कुद मैदान, स्वोच्छ खानेपनि, सफा शौचालय,लाईब्रेरि, पक्की भूकम्प प्रतिरोधी भवन, प्रायप्त कक्षाकोठा जस्ता भौतिक सुविधाहरु हामीले यस विद्यालयमा पाउन सक्छौँ ।
सुरुवात देखि अहिले यो स्थिति सम्म आउँदा सामाजिक, राजनीतिक के कस्ता चुनौतीहरुको सामना गर्नु भयो ?
विद्यार्थीहरु टाढाटाढा देखि विद्यालय आउनुपर्थ्यो। विद्यालयमा गाडीको व्यवस्था भने थिएन। गाडीको व्यवस्था नहुँदा शिक्षक माध्याम बाट लाने ल्याउने गरिन्थ्यो। यो अवस्थाले विद्यार्थी, शिक्षाक दुबैलाई निकै गार्हो र अफ्ठ्यारो हुन्थ्यो। तर अहिले विद्यालय सुविधा सम्पन्न छ, बस यातायातको व्यवस्था पनि उपलब्ध छ ।
एउटा विद्यालयमा सबै भन्दा महत्वपूर्ण कुरा भनेको शिक्षा नै हो र यस विद्यालयले कत्तिको गुणस्तरिय शिक्षा प्रदान गरीरहेको छ ?
गुणस्तरका लागि तालिम प्राप्त शिक्षक मार्फत, शिक्षण कृयाकलाप मार्फत राम्रो रिजल्टका लागि निरन्तर अघि बढ्दै यस विद्यालयबाट उर्त्तीण विद्यार्थी देश निर्माण कार्यमा द्रुतरुपमा अघि बढेका छन् ।
यस विद्यालयमा हाम्ले कतिसम्म योग्य शिक्षकहरु पाउन सक्छौ ?
तालिम प्राप्त शिक्षक पाउन केही चुनौती रहेपनि गुणस्तरका लागि कुनै सहमति गर्दैनौँ ।
शुल्क उठाउँदा कत्तिको समस्या आउने गरेको छ?
ग्रामीण क्षेत्रमा केहि कठिनाइ महसुस भएको छ ।
शीर्ष विद्यार्थीहरुलाई कति सम्म शुल्क छुट गर्दिनु हुन्छ?
उत्कृष्ट छात्र छात्रालाई सत प्रतिशत छुटमा अध्ययन गर्ने अवसर प्रदान गरेका छौँ ।
सबै विद्यार्थी एकै आर्थिक स्तरको हुँदैनन् । एउटा आर्थिक स्तर कमजोर भएको विद्यार्थीलाई के कस्ता कुरामा सहजीकरण गर्नुभएको छ?
आर्थिक अवस्था कमजोर भएकालाई हामीले परिस्थिती अनुसार सहजीकरण गरेका छौँ ।
विद्यालय अतिरिक्त पाठ्यक्रम गतिविधिहरूमा कत्तिको अग्रसर हुनु पर्छ जस्तो लाग्छ हजुरलाई ?
हरेक कार्यक्रममा हामी विद्यार्थीहरुलाई सहभागिता गराउँदै उनिहरुको बौद्धिक्, शारीरिक विकासका लागि अनेकौ क्रियाकलाप गरिन्छ।
यस विद्यालयमा के कस्तो अतिरिक्त पाठ्यक्रम गतिविधिहरू गराउनु हुन्छ ?
अतिरिक्त क्रियाकलाप अन्तर्गत नियमित शुक्रबार क्यालेन्डर अनुसार खेलकुद, वादविवाद, हाजिराजावफ, वक्तृत्वकला, नृत्य, संगीत, चित्रकला, शैक्षिक भ्रमण जस्ता कार्यक्रम आयोजना गर्ने गरेका छौँ ।
त्यसमा विद्यार्थी, शिक्षक र अभिभावक को के कस्तो प्रतिक्रिया आउने गर्छ
धेरै शिक्षक र अभिभावकको सकरात्मक प्रतिक्रिया आउने गरेको छ ।
अन्तर विद्यालय र अन्तर विद्यालय प्रतियोगिताले विद्यार्थीमा कस्तो खालको मानसिकताको विकास हुन्छ? र कुन चाहिं धेरै महत्वपूर्ण हुन्छ जस्तो लाग्छ हजुरलाई?
आन्तरिक तथा वाह्य प्रतिस्पर्धा अन्तर्गतमा सर्वप्रथम त आन्तरिक क्रियाकलापकै भूमिका महत्त्वपुर्ण हुन्छ । वाह्य मार्फत विद्यालयको गुणस्तर विकासका लागि भूमिका खेल्छ ।
एउटा स्कूल राम्रो हुनको लागि सबै भन्दा महत्वपूर्ण भूमिका कस्को हुन्छ ?
एउटा विद्यालय राम्रो हुनको लागि शिक्षक र अभिभावकको भूमिका राम्रो हुनुपर्दछ ।
विद्यालय को सुधारका लागि के कस्तो निर्देशन दिने गर्नु भएको छ ?
विद्यालय सुधारका लागि विभिन्न कार्य विभाजन मार्फत हरेक क्रियाकलापमा समयमा सम्पन्न गर्नका लागि निर्देशन दिइएको हुन्छ र बेला बेलामा छलफल गर्न बैठक बस्ने गरिन्छ ।
विद्यार्थीको धेरै जस्तो गुनासो अंकहरू मात्र हेरिन्छ प्रतिभा हेर्दैन भन्ने हुन्छ त्यस्तो विद्यार्थीलाई हजुरको जवाफ कस्तो हुन्छ ?
विद्यार्थीको धेरैजसो गुनासो अंकप्रति मात्र विद्यालयको ध्यान जाने गर्दछ भन्नेमा हामी सत प्रतिशत यसमा विश्वास नगरी अन्य क्षमता अनुसार पनि हौसला प्रदान गर्ने गरेका छौँ ।
क्लास अवलोकन कति समयको अन्तरालमा गर्नु हुन्छ ?
कक्षामा सि.सी. टि.भी को व्य्वस्था भएको हुँदा नियमित जसो नै कक्षाका गतिविधिबारे जानकारि लिने गरेका छौँ ।
सबै विद्यार्थी को श्रेणी समान हुँदैन कुनै कमजोर हुन्छन् त्यस्ता विद्यार्थीलाई कसरी सम्हाल्न निर्देशन दिनु भएको छ ?
सबै विद्यार्थीको समान अंक नआउने भएकोले कमजोर विद्यार्थीका अभिभावक भेला गराएर राम्रो गर्नका लागि अतिरिक्त समय प्रदान गर्ने, सुधारका लागि अधिकतम प्रयास गर्न तर्फ प्रेरित गर्ने छौँ ।
अहिलेको शिक्षा प्रणाली सँग कत्तिको सन्तुष्ट हुनुहुन्छ ?
अहिलेको शिक्षा प्रणाली सुधार उन्मुख समय सान्दर्भिक नै देखिन्छ ।
आफैले आफ्नो तरिकाको शिक्षा प्रदान गर्न सम्भव हुन्छ कि हुँदैन ?
साना कक्षाका लागि सम्भव देखिएपनि माथिल्ला कक्षामा सरकारी निर्देशनलाई पालना गर्नुपर्ने हुँदा चुनौती छ ।
के कस्ता परिवर्तन आएमा यो क्षेत्र अझै राम्रो हुन्छ जस्तो लाग्छ ?
सबैको साथ सहयोगमा व्यवहारिक सानामा जोड दिँदै किताबी ज्ञानलाई सँगसँगै अगाडि बढाउन सके राम्रो हुने देखिन्छ ।
अरु विद्यालय भन्दा यो विद्यालय के कस्ता कुरामा भिन्न छ?
हाम्रो आफ्नै भौतिक पुर्वाधार छ । हामी समय सापेक्ष शिक्षा दिन निरन्तर प्रायत्नरत छौँ । Activity Based Learning and Holistic Approach मा केन्द्रीत भएर अघि बढिरहेका छौँ ।
शिक्षक , विद्यार्थी र अभिभावकले के कस्ता कार्य गर्दिने हो भने विद्यालयले अझै अघि बढ्न सक्छ ? र हजुरले उहाँहरु बाट कस्तो अपेक्षा राख्नु हुन्छ ?
शिक्षकले सबै विद्यार्थीको गुणस्तरका लागि शिक्षा दिन तत्परता देखाउने र अभिभावकले पनि बालबालिकालाई घरायसी शैक्षिक वातावरण दिलाउन साथ सहयोग दिनका लागि अपेक्षारत रहनुपर्छ ।