अन्तर्वार्ता – महेन्द्र तामाङ (थिङ) , संस्थापक प्रिन्सिपल, मिड्ल्याण्ड अंग्रेजी आवासीय माध्यमिक विद्यालय

अन्तर्वार्ता – महेन्द्र तामाङ (थिङ) , संस्थापक प्रिन्सिपल, मिड्ल्याण्ड अंग्रेजी आवासीय माध्यमिक विद्यालय
एडुपाना शुक्रबार, कात्तिक ९, २०८१

बिगत १९ वर्ष देखि शिक्षा क्षेत्रमा आबद्ध रहनुभएका महेन्द्र तामाङ(थिङ) मिड्ल्याण्ड अंग्रेजी आवासीय माध्यामिक विद्यालयको संस्थापक प्रिन्सिपल, प्याब्सन रोशी गाउँपालिका वडा नं. १,  नारायणटार, काभ्रेपलाञ्चोक जिल्ला कार्यसमितिको वरिष्ठ उपाध्यक्ष हुनुहुन्छ । प्रस्तुत छ, महेन्द्र तामाङ (थिङ) सँगको अन्तर्वार्ता

 के कुराले हजुरलाई यो विद्यालय खोल्ने प्रेरणा दिएको थियो?

जीवनको सुरुवाती समय अर्थात् १९-२० वर्षको उमेरमा राजधानीको कुनै नीजि विद्यालयमा छोटो समय पढाउने जागिरे हुने क्रममा त्यहाँ भोगेका सकरात्मक नकरात्मक भोगाइहरुले म मा एउटा भोग जाग्यो जुन भोग तिर्खाले यस्ता विद्यालय म पनि खोल्छु, चलाउछु भन्ने आफुसँग आफैले कसम खाएँ र २१ वर्षको उमेरमा नै विद्यालय सन्चालन गर्न म आफ्नै गृहा जिल्ला त्यही माथी भौगोलिक रूपमा सदरमुकाम देखि कारीब ३५ कि. मि टाढा दक्षिण्मा पर्ने साविक खहरेपाँगु गा .वि. स वडा नं .६ हालको रोशी गाउँपालिका वडा नं. १ पुगे ।सारमा भन्नुपर्दा म भित्रको सकरात्मक जिद्धिपन्, घमण्डले नै मैले मिड्ल्याण्ड अंग्रेजी मा .वि स्थापना गरेको थिए ।

यस विद्यालयको सुरुवात कति सालमा कसरी भयो?

वि.स २०६४ साल वैशाखबाट औपचारिक रूपमा कक्षा सन्चालन गरेको थियो । समाजसेवी शंकरदास लामाको अध्यक्षतामा ७ सदस्यीय विद्यालय व्यवस्थापन समिती गठन गरी सुरुवात गरिएको थियो ।

अहिले हाम्ले यस विद्यालयमा के कस्ता भौतिक सुविधा पाउन सक्छौ ?

भौतिक सुविधाको सन्दर्भमा सामान्य नै छ तर समयसापेक्षिक रूपमा शिक्षण सिकाई क्रियाकलापसँग थप मद्दत पुग्ने गरी भौतिक पक्षलाई स्तरोन्नती गर्दै आइरहेको छ । जसमा प्रमुख कक्षाकोठा र त्यहाँ आवश्यक पर्ने फर्निचार, शैक्षिक सामाग्रीहरु त एक आधारभूत आवश्यक्ता नै भयो । त्यो बाहेक खेलकुद मैदान, सामाग्री, प्रविधिमैत्री लगायत पक्षहरुमा विद्यार्थी केन्द्रीत भई व्यवस्थापन गर्दै आइरहेको छ .

सुरुवात देखि अहिले यो स्थिति सम्म आउँदा सामाजिक, राजनीतिक के कस्ता चुनौतीहरुको सामना गर्नुभयो ?

शैक्षिक सेवा भनेको कहिले बुढो नहुने, कहिले परिपक्का नहुने जहिले  सिकिरहनु पर्ने पेशा रहेछ । सुरुवातमा जे जस्तो समस्या झेल्दै अघिइ बढेँ त्यो र त्यस्ता समस्याहरु प्रत्यक महिनाहरुमा, वर्षहरुमा, आईरहने रहेछ । फरक रूपमा हुन सक्छ तर नतिजामा उही । सामाजिक रूपमा बुद्दिजिवी वर्गहरुबाट सहयोग्, सद््भाव  रहेता पनि मैले संचालन गर्ने विद्यालयको प्रकृति कानुनता: नाफामुखी देखिएकोले हेर्ने दृष्टिकोण फरक हुने रहेछ, चाहे अभिभावकको नै किन नहोस्, चाहे हाम्रै मतले चुनिएका जनप्रतिनिधिको नै । राजनीतिक चुनौती जस्ले यो र त्यो वादको नाराले नै सामाजिक चुनौतिको जन्म गराउने हुनाले शैक्षिक सेवा जस्तो पवित्र पेशालाई माथी नेतृत्वकर्ता देखि नै हेर्ने चश्मा फेरीन जरुरी छ । जस्को कारणले विभिन्न वर्गिकृत समस्याहरुको  रूपमा साक्षातकार गर्न, जयजयकार भन्न बाध्य आफै पनि छ ।

एउटा विद्यालयमा सबैभन्दा महत्वपूर्ण कुरा भनेको शिक्षा नै हो यस विद्यालयले कत्तिको गुणस्तरिय शिक्षा प्रदान गरीरहेको ?

पक्कै पनि एक विद्यालयको सबै भन्दा महत्त्वपूर्ण पक्ष भनेको शिक्षा नै हो; त्यस्मा पनि चलन चल्तिको भाषामा गुणस्तरीय शिक्षा । सर्वप्रथम त गुणस्तरीय शिक्षाको परिभाषा के हो त भन्ने सन्दर्भमा नेपालको शिक्षा क्षेत्रलाई नै सुक्ष्म रूपमा हेर्ने हो भने उत्कृष्ट नतिजालाई भन्ने कि ?, अधिक विद्यार्थी संख्या भएको विद्यालयलाई मान्ने कि ?, भौतिक पूर्वाधार पर्याप्त भएकोलाई भन्ने ? यो अन्योलता को विषय हो किनकी सबै विद्यालयमा सबै हुँदैन जस्तो कि विद्यार्थी संख्या अधिक छ, नतिजा उत्कृष्ट छैन ।; नतिजा उत्कृष्ट छ, भौतिक पूर्वाधार कम्जोर छ । जस्तो कि सामुदायिक विद्यालयमा हेर्ने हो भने भौतिक पूर्वाधार छ, शिक्षक छन्, तर विद्यार्थी छैन्, नतिजा शून्य छ । यी र यस्ता विषयवस्तुसँग सम्बन्धित भएर हेर्ने हो भने मेरो वियालय मिड्ल्याण्ड मा. वि मा गुणस्तरीय मात्रै होईन माटो सुहाँउदो स्तरीय शूल्क, स्तरीय शिक्षा विगत वि.स २०६४ सालबाट अर्थात १८ वर्ष देखिइ उपलब्ध गराउदै आएको छु भनि म पूर्ण विश्वस्त छु ।

यस विद्यालयमा हाम्ले कतिसम्म योग्य शिक्षकहरु पाउन सक्छौ ?

मैले अघि पनि  भनि सके मेरो विद्यालयले स्तरीय शैक्षिक सेवा माटो सुहाँउदो, समयको माग अनुरुप उपलब्ध गराउँदै आएको छु अत: मेरो शिक्षण सिकाई क्रियाकलापमा सहजिकरण गर्ने शिक्षक साथीहरु विषयगत, विधागत रूपमा पोख्त र नतिजा दिन र दिन सक्ने हुनुहुन्छ ।

शुल्क उठाउँदा कत्तिको समस्या आउने गरेको ?

महत्वपूर्ण कुरा उठाउनु भयो । अभिभावकसँग लिने शुल्कले नै हामीले विद्यालय संचालन गर्ने भएको हुनाले शुल्क लिनु नै पर्ने हुन्छ र शुल्क लिन सजिलो पनि छैन र गार्हो पनि छैन ।मैले भन्न खोजेको कुरा के हो भने अभिभावकको चित्त बुझ्ह ने गरी अध्य यन अध्यापन गराउनुहोस । शुल्क उठाउन गर्है भएन तर अभिभावकको चित्त बुझाउन सक्नुभएन भने अलि जटिल छ । समग्रमा यसरी बुझौ न; अभिभावकको मनमा विद्यालय बस्न सफल भयो भने शुल्क लिना सजिलो भयो, अभिभावकको दिमागमा बस्यो विद्यालय भने शुल्क लिना नि गार्हो भयो । मेरो विद्यालयमा अहिलेसम्म राम्रै छ । १८ वर्ष शुल्क लिना नसकेको भए कसरी संचालन गर्थे होला हैन त ?

शीर्ष विद्यार्थीहरुलाई कति सम्म शुल्क छुट गर्दिनु हुन्छ?

प्रथम, द्वितीय,तृतीय हुनेहरुलाई क्रमश: शत प्रतिशत, पचास प्रतिशत र पच्चिस प्रतिशत दिने गरेका छौँ । समग्रमा प्राय विद्यालयमा यसरी नै गर्ने गर्छन । मेरोमा चाहिँ प्रत्यक त्रैमासिक परिक्षाको नतिजा अनुसार सुविधा दिने गरेका छौँ ।

सबै विद्यार्थी एकै आर्थिक स्थरको हुँदैनन् एउटा आर्थिक स्थर कमजोर भएको विद्यार्थीलाई के कस्ता कुरामा सहजीकरण गर्नुभएको ?

यसमा त नेपाल सरकारको नियमानुसार १० प्रतिशत छ । त्रबृद्धि अनिवार्य छ । त्यसैबाट हामीले दिने गरेका छौ र विद्यालयले पनि आन्तरिक रूपमा विद्यार्थी हित कोष बनाई त्यसैबाट आवश्यक सहयोग समेत प्रदान गर्ने गरेका छौँ ।

विद्यालय अतिरिक्त पाठ्यक्रम गतिविधिहरूमा कत्तिको अग्रसर हुनु पर्छ जस्तो लाग्छ हजुरलाई ?

अतिरिक्त क्रियाकलाप वर्तमान शिक्षा प्रणालीको मेरुदण्दकोरूपमा विकसित भएको छ । बौद्धिक स्तरका अभिभावकले त नानीबाबु भर्ना गर्नु अघि नै पठनपाठन अर्थात किताबी ज्ञान भन्दा अतिरिक्त क्रियाकलाप कै माध्यमबाट पनि पाठ्यक्रमसँग सम्बन्धित ज्ञान सजिलै प्राप्त गर्न सकिने भएकोले पनि विद्यालयमा बार अनुसार, समय अनुसार अतिरिक्त क्रियाकलाप हुन,गर्न अत्यन्त जरूरी रहेको छ ।

यस विद्यालयमा के कस्तो अतिरिक्त पाठ्यक्रम गतिविधिहरु गराउनु हुन्छ ?

हाम्रो विद्यालय मिड्ल्याण्ड मा .वि मा प्रत्यक हप्तामा अतिरिक्त  क्रियाकलाप  हुने गर्दछ । जहाँ खेलकुद देखि लिएर पाठ्यक्रमसँग सम्बन्धित खेलहरु हुने गर्दछ ।

त्यसमा विद्यार्थी, शिक्षक र  अभिभावकको के कस्तो प्रतिक्रिया आउने गर्छ ?

अभिभावक, शिक्षक अनि विद्यालयको मुल केन्द्रबिन्दु भनेको नै विद्यार्थी हो, आफ्नो नानीबाबु हो । जब विद्यार्थी अतिरिक्त क्रियाकलापबाट सन्तुष्ट हुन्छ त्यसैको माध्यमले बालबालिकाको चौतर्फी रूपमा क्षमता अभिवृद्धी हुने अवसर प्राप्त गर्छ अनि सहजै रूपमा सर्वाङ्गित विकास हुन्छ भने विद्यार्थी खुशी नहुने कुरै भएन भने विद्यार्थी खुशी हुनु भनेको अभिभावक, शिक्षक त झन खुशी नहुने कुरै भएन । यसर्थ हाम्रो विद्यालयमा अतिरिक्त क्रियाकलापले विद्यार्थी, अभिभावक अनि शिक्षकहरु सकरात्मक तरंग पैदा गरएको छ ।

अन्तर विद्यालय अन्तर विद्यालय प्रतियोगिताले विद्यार्थीमा कस्तो खालको मानसिकताको विकास हुन्छ? कुन चाहिं धेरै महत्वपूर्ण हुन्छ जस्तो लाग्छ हजुरलाई?

विद्यालय भित्रको प्रतिस्पर्धाहरुले विद्यार्थीमा प्रतिस्पर्धाको विजारोपण गराउँछ भने आत्मबल समेत बृद्धि गराउँछ र अन्तर विद्यालयको प्रतिस्पर्धाहरुले विद्यालय भित्रको प्रतिस्पर्धाबाट प्राप्त प्रतिस्पर्धाको विजारोपणलाई सिचित गराई थप आत्मबल  लाई वेग बढाउने कार्य गर्दछ । विद्यालय भित्रको प्रतिस्पर्धाहरुले हिड्न सिकाउछ भने अन्तर विद्यालयको प्रतिस्पर्धाले दौडन सिकाउछ । त्यसैले दुवै प्रकृतिका प्रतिस्पर्धाहरु निकै नै महत्व्पूर्ण रहेका छन ।

एउटा स्कूल राम्रो हुनको लागि सबै भन्दा महत्वपूर्ण भूमिका कस्को हुन्छ ?

एउटा विद्यालय राम्रो हुनको लागि सर्वपक्षिय भूमिका महत्त्वपूर्ण हुन्छ । तर यसमा व्यवस्थापकिय पक्षको भूमिका प्रमुख रहन्छ र उक्त व्यवस्थापकिय भूमिकामा रहेकाहरुलाई साथ सहयोग गरि सकरात्मक उर्जा प्रदान गर्ने कार्य भनेको त अभिभावक, शिक्षक, कर्मचारी, शिक्षाप्रेमी वर्गहरु, समाजसेवि, नेतृत्व पक्तिमा रहेका व्यक्तित्वहाँरु लगायत सम्पूर्ण्को नै हुन्छ ।

विद्यालयको सुधारका लागि के कस्तो निर्देशन दिने गर्नु भएको ?

जबसम्म हामीले विद्यार्थीलाई केन्द्रबिन्दुमा राखेर सम्पूर्ण कार्ययोजना, पाठयोजना, वार्षिक योजना लगायतका योजनाहरु तय गरी शत प्रतिशत कार्यन्वयन गर्छौ, नतिजा खोज्छौ तबसम्म विद्यालय सुधारको नाममा कुनै निर्देशन दिन जरूरत नै छैन ।

विद्यार्थीको धेरै जस्तो गुनासो अंकहरू मात्र हेरिन्छ प्रतिभा हेर्दैन भन्ने हुन्छ  त्यस्तो विद्यार्थीलाई हजुरको जवाफ कस्तो हुन्छ ?

हो मेरो विमक्ती यही निर हो । हामी अंक गणितीय हिसाबलाई नै अहिले केन्द्रमा राखेर विद्यार्थीको शैक्षिक स्तर मापन गरिरहेका छौँ । त्यहाँ किताबमा भएका विषयवस्तु अनुरूप प्रश्नको उत्तर मिलायो कि मिलाएन गनेर, जोडेर अंक प्रदान गर्छौ अनि त्यसैलाई मापक बनाउछौ । तर त्यहाँ विद्यार्थीको बैद्धिकताको परीक्षण व्यवहारिक रूपमा  गरिदैन। किनकी नेपाल सरकार, शिक्षा मन्त्रालय अन्तर्गतको पाठ्यक्रम विकास केन्द्रले पाठ्यक्रम त्यसरी तयार पारियो अनि परिक्षा नियन्त्रण कार्यालयले त्यही पठ्यक्रममा टेकेर मापण पद्धती बनायो । तथापी विद्यार्थीले प्राप्त गर्ने अंक मात्रै नभई विद्यार्थीको बौद्धिक स्तरको समेत जाँच हुन आवश्यक देखिन्छ ।

वर्ग अवलोकन कति समयको अन्तरालमा गर्नुहुन्छ ?

कक्षा निरीक्षण कुनै पनि बेला जुनसुकै कक्षामा गरिएको छ र गरिरहनु पर्छ । हाम्रो नीजि विद्यालयको सुन्दर पक्ष भनेको नै कक्षामा के भइरहेको छ भनी निगरानी गरिरहनु र कमि कमजोरीलाई तुरुन्तै सल्लाह सुझाव सहित समाधान गर्नु हो ।

सबै विद्यार्थीको श्रेणी समान हुँदैन कुनै कमजोर हुन्छन् त्यस्ता विद्यार्थीलाई कसरी सम्हाल्न निर्देशन दिनुभएको ?

कमजोर विद्यार्थीको हकमा छुट्टै विशेष पृष्ठपोषण दिने कक्षाहरुको व्य्वस्था गर्ने गरेका छौँ ।

अहिलेको शिक्षा प्रणाली सँग कत्तिको सन्तुष्ट हुनुहुन्छ ?

हाम्रो वर्तमान शिक्षा प्रणालीमा अन्य कैयौ दोष छन जसबारे विस्तारपूर्वक वर्णन गर्दा एउटा किताब तयार हुन सक्छ । छोटकरीमा भन्नुपर्दा वर्तमान शिक्षा प्रणालीमा नैतिक शिक्षाको अभाव छ भने यसले बेरोजगारी पनि वृद्धि गरेको छ ।यसबाट के प्रष्ट हुन्छ भने वर्तमान शिक्षा प्रणालीले डिग्री बाँड्ने काम मात्र गरेको छ तर रोजगार हासिल गर्ने योग्यता दिएको छैन । शिक्षाको अर्थ योग्य, सुखी र समृद्ध नागरिक उत्पादन गर्नु र आफ्नो कर्तव्यप्रति सजग हुनु हो । तर वर्तमान शिक्षा प्रणाली आफ्नो दायित्व निर्वाह गर्न असफल भएको कारण नै यसलाई परिवर्तन गर्न नितान्त आवश्यक राहेको छ ।

आफैले आफ्नो तरिकाको शिक्षा प्रदान गर्न सम्भव हुन्छ कि हुँदैन ?

एउटा रष्ट्रको नागरिक भईसकेपछि त्यस देशको कानुन, विधिइ,पद्धती मान्नु पर्ने प्रथम दायित्व नै हुन आउँछ । त्यसो भएको हुँदा देशमा भएको शिक्षा पद्दती, नीति, पाठ्यक्रम भन्दा बाहिर गएर पठनपाठन गर्न मिल्दैन । नतिजा उही तर तरिका फरक भने गर्न सकिन्छ । तर तपाईले भन्नुभए जस्तो आफैले आफ्नो तरिकाले शिक्षा प्रदान गर्न भने सहज देख्दिन ।

के कस्ता परिवर्तन आएमा यो क्षेत्र अझै राम्रो हुन्छ जस्तो लाग्छ ?

मुलत्: शिक्षाको प्रारूप फेरिनुपर्छ, मूल्यांकन पद्धतीमा सुधार हुनुपर्छ, प्रविधिक शिक्षा अपरिहार्य हुनुपर्छ, शिपमूलक शिक्षा हुनुपर्छ, शिक्षामा अनुशासन हुनुपर्छ, दक्ष जनशक्ती विदेशीन रोक्ने नीति हुनुपर्छ लगायतका परिवर्तन अएमा शिक्षा क्षेत्र अझै राम्रो हुन्छ जस्तो लाग्छ ।

अरु विद्यालय भन्दा यो विद्यालय के कस्ता कुरामा भिन्न ?

मैले अघी सुरुवात मै भनीसके विद्यालयहरुको स्तरमा फरक कसरी छुट्याउने; विद्यार्थीको टाउको गनेर ?, भौतिक पूर्वाधार हेरेर ?, नतिजा विश्लेषण गरेर ?, शूल्क गनेर ?, या अरु केही ? त्य्सैले अरुको विद्यालय जस्तो हो हाम्रो नि त्यस्तै हो;उस्तै हो । समग्रमा हाम्रो विद्यालय मिड्ल्याण्ड मा.वि मा शूल्क कम छ र ग्रामिण भेग बस्तीमा अवस्थित स्वच्छ हावापानी भएको भुगोलामा अवस्थित छ ।

शिक्षक, विद्यार्थी अभिभावक ले के कस्ता कार्य गर्दिने हो भने विद्यालयले अझै अघि बढ्न सक्छ ? हजुरलाई उहाँहरु बाट कस्तो अपेक्षा राख्नुहुन्छ ?

शैक्षिक गुणस्तरको सवाल जवाफ उठ्छ, हामी सबै सरोकारवालाहरुले बुझ्ने गरेका तीन पक्षहरु हुन्: विद्यार्थी, शिक्षक र अभिभावक । यी तीनका बिचमा समान्वयात्मक क्रियाशीलताको प्रतिफल नै शैक्षिक गुणस्ततर हो भन्ने आम बुझाइ छ । यदि यी तीन पक्षहरु आ-आफ्नो ठाउँमा सबै जिम्मेवार भइदिने हो भने राम्रो प्रतिफल प्राप्त हुन्छ । तर कुनै  एक पक्षमा कमी वा कमजोरी भएमा अपेक्षाकृत परिणाम पक्कै आउँदैन । यो सवालामा मौका परेको बेला एउटा पक्षले अर्को पक्षलाई दोष लगाउन हामी पनि पछी पर्दैनौ । यसरी एउटा पक्षले  अर्को पक्षलाई गलत सावित गरी उम्कन खोजेर गन्तव्यमा पुग्न सकिदैन । यसले दोष लगाउने वर्गलाई क्षणिक आनन्द त देला,उत्तिकै क्दुता समेत पैदा गराउछ ।म यहाँ जोड्न चाहन्छु, प्रसिद्धा वैज्ञानीक अल्वर्ट आइन्स्टाइनसँग सम्बन्धित रोचक जीवनकथा । उनि कक्षा ६ मा अध्ययनरत थिए रे । उन्का अभिभावकलाई विद्यालयबाट एकदिन एउटा पत्र आएछ । पत्रमा लेखिएको थियो-"तपाइको छोराले पढ्न सक्दैन,अरु साथीहरुसँग स्तरै मिलेन । त्यसैले भोलिदेखी विद्यालयमा नपठाउनुहोला । आइन्स्टाइनको जिज्ञासामा आमाले चलाखीपूर्ण जवाफ दिइन र भनिन्-"तिम्रो पढाइको स्तर तिम्रा साथीहरुको भन्दा निकै उच्च छ रे, त्यसैले भोलिदेखी तिमी घरमै बसेर अध्ययन गर्नु, विद्यालयमा जानुपर्दैन । आइन्सटाइनले विश्वास गरेर आमाले भने झै घरमै घरमै बसेर पढ्न थाले । उनी आज भौतिक विज्ञानका पिताका रूपमा सधैँ सम्झिने पात्र बनेका छन्। यो विषय यहाँ किन भनिएको हो भने बालबालिकाका घर- परिवार वा अभिभावकबाट सकारात्मक वातावरण पाएको खण्डमा ठूलो मान्छे पनि बन्न सकछन्। शिक्षकहरूले पनि यदाकदा भन्ने गरिएको सुन्छौं—"विद्यार्थी खत्तम छ, अनुशासनहीन छ, गृहकार्य गर्दैन, भनेको मान्दैन, कामै छैन आदि।" केही अभिभावकहरू तर्क गर्नुहन्छ-"स्कूल पठाएको छ, खाना लाउन दिएको छ, लागेको खर्च पनि तिर्दिएको छ, अब हामीले के गर्ने? मास्टरले तह लगाउने हो आदि।"यो विरोधाभाषमा हाम्रो नानिबाबुहरूको शिक्षा रूमलिएको छ। बालबालिका काँचो माटो जस्तै हुन्। जस्तो भाँडो बनाउन खोज्यो, उस्तै बन्छन्। बालबालिकाहरू आफैले यो निर्णय गर्न सक्दैनन्। अतः उनीहरूलाई के कसरी बनाउने हो अभिभावक, शिक्षक र विद्यालयको साझा जिम्मेवारी हो। यसमा त्रिपक्षीय रूपमा आ-आफ्नो स्थानबाट विद्यार्थीको लागि नै हो भनी साझा सङ्कल्पलिइ कार्य गर्ने गराउने गर्नुपर्दछ।