त्रिविसेवा आयोगका अध्यक्षलाई संघद्वारा चेतावनी: आंशिकलाई करार नगरी परीक्षा प्रक्रिया अघि बढाउन नदिने

त्रिविसेवा आयोगका अध्यक्षलाई संघद्वारा चेतावनी: आंशिकलाई करार नगरी परीक्षा प्रक्रिया अघि बढाउन नदिने
एडुपाना सोमबार, कात्तिक १२, २०८१

त्रिभुवन विश्वविद्यालय सेवा आयोगका अध्यक्षलाई आंशिक शिक्षकहरूले चेतावनी दिएका छन् कि आंशिकलाई करार नगरी परीक्षा प्रक्रिया अघि बढाएमा परिणाम नराम्रो हुनेछ। आयोगले आंशिक शिक्षकहरूको व्यवस्थापन नगरी स्थायी नियुक्ति गर्न नपाउने बताएको छ।

संकायमा उपप्राध्यापक छनोटका लागि परीक्षा तालिका सार्वजनिक भएपछि आंशिक प्राध्यापकहरूले विरोध जनाएका हुन्। २०७७-७८ मा गरिएको विज्ञापनअनुसार अझै शिक्षक छनोट गर्न सकेको छैन।

गोकुल लिम्बूको नेतृत्वमा आंशिक शिक्षकहरूको टोलीले अध्यक्ष प्राडा भट्टराईलाई भेटेर परीक्षा स्थगित गर्न चेतावनी दिएका छन्। उनले १४ सय २० दरबन्दीको स्वीकृति कार्यान्वयनमा नआएको र खुला प्रतिस्पर्धाबाट शिक्षक नियुक्ति अत्यन्त आवश्यक भएको बताएका छन्।