त्रिभुवन विश्वविद्यालयमा शिक्षा र मानविकी संकायको डिन नियुक्ति राजनीतिक खिचातानीका कारण एक महिना बित्दा पनि हुन सकेको छैन। नेपाली कांग्रेसले आफ्ना निकट उम्मेदवारलाई डिन बनाउन दबाब दिएपछि प्रक्रिया अवरुद्ध भएको त्रिविका उच्च स्रोतले जनाएको छ। अन्य संकायमा भागबन्डा मिलिसके पनि यी दुई संकायमा विवादका कारण अन्य पदाधिकारीको नियुक्ति समेत प्रभावित भएको छ।