शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले नेपालमा विदेशी विश्वविद्यालयबाट सम्बन्धनप्राप्त शिक्षण संस्थाहरूको नियमनमा कडाइ सुरु गरेको छ। लामो समयदेखि प्रभावकारी नियमनको अभाव रहेको भन्दै मन्त्रालयले दुई कार्यदल गठन गरेको हो।
पहिलो कार्यदल तत्कालीन शिक्षामन्त्री सुमना श्रेष्ठले गठन गरेकी थिइन्, र हालकी शिक्षामन्त्री विद्या भट्टराईले अर्को कार्यदल बनाएर सुझाव संकलन गरिन्। त्रिभुवन विश्वविद्यालयका प्राडा बिनिल अर्यालको नेतृत्वमा बनेको कार्यदलले डेढ महिना अध्ययनपछि वर्ल्ड र्याङकिङको शीर्ष १,००० भित्र र क्यूएए प्रमाणित विदेशी विश्वविद्यालयहरूको कार्यक्रमलाई मात्र अनुमति दिनुपर्ने सिफारिस गरेको छ।
विदेशी विश्वविद्यालयका सम्बन्धनप्राप्त कलेज सञ्चालकहरूले मन्त्रीको निर्णयको विरोध गर्दै सर्वोच्च अदालतमा रिट दायर गरेका छन्। नेपालमा हाल ३७ विदेशी विश्वविद्यालयका ५९ कलेज सञ्चालनमा छन्।