कृषि तथा वन विज्ञान विश्वविद्यालयको रिक्त उपकुलपति पदमा नियुक्तिका लागि गठित छनोट तथा सिफारिस समितिले आवेदन आह्वान गरेको छ। समितिले कार्तिक २० मा स्वीकृत "कृषि तथा वन विज्ञान विश्वविद्यालय उपकुलपति छनोट कार्यविधि, २०८१" अनुसार आवेदन माग गरेको हो।
इच्छुक र योग्य व्यक्तिले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको उच्च शिक्षा शाखामा कार्यालय समयभित्र १० दिनभित्र कार्यविधिको अनुसूची–१ अनुसार आवेदन दिनुपर्नेछ।