प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद् (सिटिइभिटी) परीक्षा नियन्त्रण कार्यालयले डिप्लोमा र प्रमाणपत्र तहका तेस्रो वर्ष दोस्रो खण्ड र प्रि-डिप्लोमा तहका वार्षिक परीक्षाका लागि परीक्षा केन्द्र निर्धारण गरेको छ।
सिटिइभिटीले भदौ १९ मा प्रकाशित आवेदन फाराम अनुसार, डिप्लोमा तहका तेस्रो वर्षका नियमित र आंशिक परीक्षाहरू र विशेष छात्रवृत्ति कार्यक्रम अन्तर्गतका परीक्षाका लागि केन्द्र तोकिएको हो।
असोज १३ मा प्रकाशित परीक्षा तालिका अनुसार, कार्तिक २९ गते बिहान ७ बजेबाट सुरु हुने सबै परीक्षाका केन्द्र प्रदेश कार्यालयको सिफारिशमा निर्धारण गरिएको छ।