प्लस टु मा असफल भएका ०५६ साल पछिकालाई पुन: परीक्षा दिन अवसर

प्लस टु मा असफल भएका ०५६ साल पछिकालाई पुन: परीक्षा दिन अवसर
एडुपाना आइतबार, कात्तिक २५, २०८१

२०५६ सालदेखि कक्षा ११ र १२ मा असफल भएका विद्यार्थीहरूलाई राष्ट्रिय परीक्षा बोर्डले मौका परीक्षा दिने निर्णय गरेको छ।

रजिस्ट्रेसन नम्बरको सुरूको अंक ५६ देखि ७७ बीचका परीक्षार्थीहरूलाई परीक्षा दिन अवसर मिल्नेछ। यस अर्थात, २०५६ देखि २०७६ सालसम्मका असफल विद्यार्थीहरूले यो मौका पाउनेछन्। अंकन प्रणालीमा फेल भएका र प्रयोगात्मक परीक्षामा असफल विद्यार्थीहरू पनि सहभागी हुन सक्नेछन्। कक्षा ११ र १२ दुवैमा फेल भएकाहरूले पनि आवेदन फाराम भर्न सक्छन्।

विद्यार्थीहरूले मंसिर २७ गतेभित्र आवेदन फाराम बुझाउनु पर्नेछ। बन्द वा सञ्चालन नभएका विद्यालयका विद्यार्थीहरूले बोर्डमा सम्पर्क गरेर आवेदन दिन सक्नेछन्। परीक्षा केन्द्र र मिति पछि तोकिनेछ।