शंकरदेव क्याम्पस प्रमुखको पदका लागि आवेदन आव्हान

शंकरदेव क्याम्पस प्रमुखको पदका लागि आवेदन आव्हान
एडुपाना आइतबार, कात्तिक २५, २०८१

त्रिभुवन विश्वविद्यालयका शंकरदेव क्याम्पसमा क्याम्पस प्रमुख पदको लागि आवेदन खुला गरिएको छ। क्याम्पस प्रमुख चयन समितिले आज एक सूचना जारी गर्दै, त्रिभुवन विश्वविद्यालयका शैक्षिक प्रशासन र सङ्गठनसम्बन्धी नियमावली अनुसार आगामी सात दिनभित्र आवेदन पेश गर्न आह्वान गरेको छ। इच्छुक उम्मेदवारहरूले आवश्यक कागजात र आशयपत्रको हार्डकपी शिक्षाध्यक्षको कार्यालयमा सिलबन्दी गरी पेश गर्नुपर्नेछ।