एउटै भवनभित्र नेपाली र विदेशी विश्वविद्यालयका कार्यक्रम सञ्चालनमा रोक लगाउन सिफारिस

एउटै भवनभित्र नेपाली र विदेशी विश्वविद्यालयका कार्यक्रम सञ्चालनमा रोक लगाउन सिफारिस
एडुपाना सोमबार, कात्तिक २६, २०८१

नेपालमा विदेशी विश्वविद्यालयको सम्बन्धनमा सञ्चालित कलेजहरूले नाम परिवर्तन गर्न नपाउने सुझाव एक विज्ञ उपसमितिले दिएको छ। यो समितिले उच्च शिक्षासम्बन्धी निर्देशिका २०५९ लाई अद्यावधिक गर्न ठोस सुझावसहितको प्रतिवेदन पेश गरेको हो।

उपसमितिले कलेजले सञ्चालन स्थान मात्र सम्बन्धित जिल्लामा परिवर्तन गर्न मिल्ने, र एउटै भवनभित्र दुई वा बढी नेपाली वा विदेशी विश्वविद्यालयका कार्यक्रम सञ्चालन नगर्न निर्देशन दिएको छ। उल्लङ्घन गरेमा अनुमति खारेज हुने चेतावनीसमेत प्रतिवेदनमा छ।

यसैगरी, दुईभन्दा बढी विदेशी विश्वविद्यालयको सम्बन्धन भएका कलेजहरूलाई एक मात्र संस्था रोज्न र अन्य विश्वविद्यालयका कार्यक्रमहरूमा भर्ना बन्द गर्न सुझाव दिइएको छ। साथै, वार्षिक अनुगमनका लागि मन्त्रालयले व्यवस्था गर्ने, प्रत्येक कलेजले पूर्णकालीन प्रिन्सिपल राख्ने, र वार्षिक प्रतिवेदन पेस गर्ने सुझावसमेत प्रतिवेदनमा समावेश छ।

विज्ञ उपसमितिको प्रतिवेदनका सिफारिसहरू