अब विद्यार्थीको आन्तरिक मूल्याङ्कन घरायसी गतिविधिहरूबाट पनि गर्न सकिनेछ

अब विद्यार्थीको आन्तरिक मूल्याङ्कन घरायसी गतिविधिहरूबाट पनि गर्न सकिनेछ
एडुपाना सोमबार, कात्तिक २६, २०८१

प्रणाली विद्यार्थीलाई पढाइसँगै व्यावहारिक सिप र श्रमको सम्मान गर्न प्रोत्साहित गर्ने उद्देश्यले ल्याइएको हो।

पाठ्यक्रम विकास केन्द्रका महानिर्देशक इमानारायण श्रेष्ठले यो प्रणाली आगामी शैक्षिक सत्रदेखि लागू हुने जानकारी दिएका छन्। विद्यार्थीले घरमा गरेका काम, जस्तै सरसफाइ, भान्सा र खेतबारीका काम, मूल्याङ्कनमा समावेश गरिनेछ।

अभिभावकले घरायसी कामहरूको विवरण प्रमाणित गरेर विद्यालयमा पठाउनु पर्नेछ, र शिक्षकले सोही आधारमा मूल्याङ्कन अङ्क दिनेछन्।

हाल कक्षा ६ देखि १२ सम्मका विषयहरूमा २५ अङ्क आन्तरिक मूल्याङ्कनबाट दिइन्छ, तर घरायसी कामको लागि कति अङ्क दिने भन्ने निर्णय गर्न बाँकी छ। यो मूल्याङ्कन प्रणाली लागू गर्न आन्तरिक मूल्याङ्कन निर्देशिका परिमार्जन गरिनेछ।

महानिर्देशक श्रेष्ठका अनुसार, यो प्रणाली विद्यार्थीमा श्रमप्रति सकारात्मक सोच विकास गर्ने विश्वास गरिएको छ, र यसले सिकाइमा सुधार ल्याउनेछ।