कोभिडले गर्दा विद्यार्थीको पढाइमा अबरोध छ । अन्लाईन क्लास , स्कुलमा आएर प्रत्यक्षरुपमा शिक्षकहरूसँग भेटेर सिकेको जस्तो हुँदैन । अझ यसले कतिपय विद्यार्थीहरुलाई अप्रत्यक्षरुपमा गलत सँगततर्फ धकेलेको पाइन्छ । कतिपय अवस्थामा सामान्य किसिमका दुर्ब्यसनीतिर विद्यार्थीहरु लागेको देखिन्छन् । मोबाइल धेरै चलाउने, टिभिहरु धेरै हेर्ने र यस्ता क्रियाकलापले गर्दा समयको राम्रोसँग सदुपयोग गर्न सकेका छैनन् । कोरोनाले गर्दा स्कूल सन्चालन भइसकेपछि विद्यार्थीहरुमा पढाइप्रति लगाव पनि कम देखिएको छ ।
अब यसको लागि अभिभावकहरुले पनि आफ्नो घर मा विद्यार्थीहरुलाई पढ्ने वातावरण सिर्जना गर्नुपर्छ । स्कुलप्रति मात्र अभिभावकले भर पर्नुहुँदैन । आफ्नो छोराछोरीको लागि बाबुआमा र परिवारका सदस्यहरूले सक्दो सहयोग गर्नुपर्छ । विद्यालयले पनि अन्लाईन क्लास नियमित रुपमा चलाउनपर्छ । रोल्पामा पनि हामीले अन्लाईन क्लास सन्चालन गर्यौ तर बिबिध कारणले त्यो त्यती प्रभावकारी हुन सकेन । त्यसैले विद्यार्थीहरु लाई भ्याक्सिनको चाडो ब्यवस्था गरेर भए पनि नियमित रुपमा स्कुल सन्चालन गर्ने वातावरण निर्माण गर्न जरुरी छ ।
नौलसिंह पुन
प्रिन्सिपल, ब्राइट फ्युचर ईंग्लिश बो. स्कुल
अध्यक्ष, प्याब्सन रोल्पा