कोभिडले गर्दा अन्लाईन क्लासहरु गरिएको छ तर सबै विद्यार्थीहरुमा वाई-फाई को पहुन्च नहुनाले, सबैसँग राम्रा डिभाइसहरु नहुनाले र समय समयमा बत्ती जाने समस्याले गर्दा अनलाइन क्लासहरु पनि त्यत्ति प्रभावकारी हुन सकेको छैन । अन्लाईन क्लासमै पनि विद्यार्थीहरुले शिक्षकहरु तथा अभिभावकलाइ छल्ने गर्छन् । ईन्टरनेटमा नचाहिँदा कुरा हेर्ने, अनलाइन गेम खेल्ने, साथीहरुसँग च्याटिङ गर्ने यस्ता किसिमका समस्याहरु देखिएको छ । कोभिडले गर्दा कतिपय विद्यार्थीहरू माथिल्लो तहमा गएर पनि प्रगति गर्न नसकेका र राम्रो रिजल्ट ल्याउन सकेका छैनन् । बाबुआमा घरमा नहुने र विद्यार्थीहरु PUBG, Free Fire जस्ता गेम खेल्ने र ईन्टरनेट मा बढी समय बिताउने, नचाहिदा वेबसाईट हरु हेर्ने यस्ता विभिन्न समस्याले गर्दा ति विद्यार्थीहरुमा अबको ५ - १० बर्ष पछी असर देखिन्छ जस्तो लाग्छ । अन्लाईन बाट दिने परिक्षामा राम्रो रिजल्ट ल्याय पनि भौतिक रुपमा लिइने परिक्षामा सोचेजस्तो राम्रो रिजल्ट आएको छैन ।
मेरो विचारमा PUBG, Free Fire जस्ता गेमहरु हटाएर, विद्यार्थीहरुलाई मोबाईल फोनको कम प्रयोग गर्न दिने, घरमा अभिभावकले पनि विद्यार्थीहरुलाई धेरै समय दिएर सहयोग गर्नुपर्छ । सबभन्दा महत्वपूर्ण, विद्यार्थीहरुलाई भौतिक रुपमा कक्षा कोठामानै ल्याएर पढ्ने ब्यबस्था मिलाउनपर्छ र यस्को लागि सरकारले हरेक विद्यार्थीहरुलाई तत्काल खोपको ब्यबस्था गर्न जरुरी छ । स्कुल बन्द नगरि कम्सेकम आलो-पालो गरेर भए पनि स्कुल सन्चालन गर्नु पर्छ ।
गोपाल आचार्य, प्रिन्सिपल, माउन्ट ग्लोरी ईंग्लिश बो. हाई स्कुल / केन्द्रिय उपाध्यक्ष, प्याब्सन