होटल र्‍याडिसनमा ३५ भन्दा बढी विश्वविद्यालयको ‘स्टडी इन इन्डिया एक्स्पो’

होटल र्‍याडिसनमा ३५ भन्दा बढी विश्वविद्यालयको ‘स्टडी इन इन्डिया एक्स्पो’
एडुपाना बिहीबार, वैशाख १, २०७९

काठमाडौंको होटल र्‍याडिसनमा बृहत शैक्षिक प्रदर्शनी ‘स्टडी इन इन्डिया एक्स्पो’ सुरु भएको छ । शुक्रबारदेखि सुरु भएको दुई दिने (वैशाख २ र ३ गते) शैक्षिक मेलामा भारतका ३५ भन्दा बढी विश्वविद्यालयको उपस्थिति रहनेछ ।

अफेयर्स एजुकेशन एन्ड मिडियाले आयोजना गरेको यस एक्स्पोमा कुन विषय अध्ययन गर्ने भन्ने दुविधा मेटाउन दुई सयभन्दा बढी कोर्सहरुको बारेमा जानकारी प्रदान गरिनेछ । नेपाली विद्यार्थी र अभिभावकहरुलाई मध्यनजर गर्दै यो एक्स्पो सञ्चालन गरेको हो ।

शैक्षिक मेलामा नयाँ पाठ्याक्रमहरु, योग्यता, मापदण्ड, आवेदन प्रक्रिया, शुल्क, नियुक्ति र छात्रवृत्ति विकल्पहरुबारेमा विद्यार्थी तथा अभिभावकहरुलाई जानकारी गराइने जनाइएको छ । भारतका प्रतिष्ठित विश्वविद्यालयका पदाधिकारीहरुसँग प्रत्यक्ष कुराकानी गरी ३५ वटा भन्दा बढी प्रमुख विश्वविद्यालयहरुको जानकारी हासिल गर्न सक्नेगरी शैक्षिक मेलाको आयोजना गरिएको हो ।