विमर्स अधिकारी क्याम्ब्रिज विश्वविद्यालयको ‘ए’ लेभल टप गर्न सफल

विमर्स अधिकारी क्याम्ब्रिज विश्वविद्यालयको ‘ए’ लेभल टप गर्न सफल
एडुपाना आइतबार, जेठ ८, २०७९

८ जेठ-नेपालमा अध्ययन गरेका विमर्स अधिकारीले बेलायतको क्याम्ब्रिज विश्वविद्यालयको ‘ए’ लेभल टप गर्नु सफल भएका छन् । क्याम्ब्रिज विश्वविद्यालयको ‘ए’ लेभल अन्तर्गत लिएको परीक्षा अन्तर्गत फर्दर म्याथम्याटिक्स र कम्प्युटर साइन्स विषयमा उत्कृष्ट नम्बर प्राप्त गरी टप गर्नु सफल भएका हुन ।

उत्कृष्ट अंकका लागि विमर्सलाई काठमाडौंस्थित ब्रिटिश काउन्सिलले ‘क्याम्ब्रिज आउटस्ट्यान्डिङ लर्नर अवार्ड’ प्रदान गरेको छ । त्यसैगरी उनले अध्ययनका लागि न्युयोर्क युनिभर्सिटी, अबुधावीमा फुल स्कलरसिप समेत पाएका छन् ।

२०७५ सालमा फेरिल्याण्ड इन्टरनेसनल स्कुल बालुवाखानी बुढानिठकण्ठबाट एसईई उत्तीर्ण गरेका विमर्सले जेभियर इन्टरनेशनल कलेजमा ‘ए’ लेभल अध्ययन गरेका हुन ।