+२ सक्ने बित्तिकै उच्च शिक्षको लागि धेरै विद्यार्थीहरु जापान, यू. के , अस्ट्रेलिया , अमेरिका , क्यानडा जस्ता विभिन्न देश जाने लहर चलेको छ । यो प्रकृया देशको लागि राम्रो होइन । एउटा त कतिपय विद्यार्थीहरु साथी गयो त्यसकारण म पनि जान्छु भन्ने मनसायले पनि बाहिर जान्छन् ।अर्को चाँही देशमा अवसर नदेखेर करियर र उज्ज्वल भविस्यका लागि विदेशिएका हुन् । यसका लागि राजनीतिक संरचना विशेषगरी नेता; राजनीतिको प्रणाली त ठिक छ तर प्रणाली ह्यान्डल गर्ने व्यक्ति आफू र आफ्नो मातर्थ्यलाई मात्र अवसर दिने र बाँकी रहेकोलाई बेवास्ता गर्छन् । तसर्थ, नेताले यस विषयमा ध्यानकर्षण गरेर नेपालामा विभिन्न उद्योग खोल्ने, रोजगारको अवसर प्रदान गरेर देशमा नै केहि गर्न सकिन्छ भन्ने वातावरण सिर्जना गर्न जरुरी छ । यसो भए मात्र विद्यार्थीहरुलाई कन्भिन्स गर्न सकिन्छ । तर अहिले जस्तै बेवास्ता तरिकाले यही ट्रेन्ड चल्ने हो भने युवाहरुलाई कन्भिन्स गर्न सकिदैन । अहिले म्यानपावर, दक्ष शिक्षक पाउन समेत छोडिसक्यो ।तसर्थ, यस्तै हुँदै गयोभने देशको स्थिती भयावह देखिन्छ ।
गोपाल बुढाथोकी, प्रिन्सिपल, लालिगुराँस नेशनल स्कुल