सामाजिक विषयको सबै पाठ्यक्रम परिमार्जनको सम्पूर्ण काम पुस महिना भित्र सक्ने

सामाजिक विषयको सबै पाठ्यक्रम परिमार्जनको सम्पूर्ण काम पुस महिना भित्र सक्ने
एडुपाना मंगलबार, कात्तिक ६, २०८१

पाठ्यक्रम विकास केन्द्रले सामाजिक अध्ययन विषयको सबै कक्षाको पाठ्यक्रम परिमार्जनको सम्पूर्ण काम पुस महिना भित्र सक्ने जानकारी गरेको छ ।

केन्द्रले सामाजिक अध्ययनको पाठ्यक्रम परिमार्जनका लागि अहिलेसम्म रोस्टर शिक्षकहरूको वर्कसप गरिसकेको छ । साथै सामाजिक अध्ययन अध्यापन गराउने १ सय ५९ जना शिक्षकहरूको सहभागीतामा छलफल सम्पन्न भएको जनाएको छ । छलफलमा हरेक जिल्लाबाट आधारभूत तहका २ जना र माध्यमिक तहका २ जना शिक्षकहरूको सहभागीता गराइएको थियो ।