‘महात्मा गान्धी छात्रवृत्ति योजना तथा स्वर्ण जयन्ती छात्रवृत्ति’ योजना २०२४–२५ का लागि आवेदन माग

‘महात्मा गान्धी छात्रवृत्ति योजना तथा स्वर्ण जयन्ती छात्रवृत्ति’ योजना २०२४–२५ का लागि आवेदन माग
एडुपाना बिहीबार, कात्तिक ८, २०८१

भारतीय राजदूतावास, काठमाडौँले एक सूचना प्रकाशित गरी  ‘महात्मा गान्धी छात्रवृत्ति योजना तथा स्वर्ण जयन्ती छात्रवृत्ति’ योजनाका लागि नेपालमा अध्ययनरत नेपाली विद्यार्थीबाट आवेदन माग गरेको छ। दुतावासले  वार्षिक पारिवारिक आय नेरु. २ लाख भन्दा कम भएका विद्यार्थीबाट अनलाइन आवेदन माग गरेको हो। दुतावासको सूच्नामा ‘महात्मा गान्धी छात्रवृत्ति योजना २०२४-२५ (कक्षा ११ का लागि)  र स्वर्ण जयन्ती छात्रवृत्ति’ योजनाका लागि आवेदन माग गरेको उल्लेख छ।

इच्छुक विद्यार्थीले वेब पोर्टल  www.goischolarship.com.np मार्फत मंसिर ४ गते राती ११ बजेर ५९ मिनेटभित्र आवेदन दिनुपर्ने दुतावासले जारी गरेको सूचनामा उल्लेख छ।

हेर्नुहोस सुचना